अधिकांश स्थानीय तहको समायोजन सकियो

Letang Khabar बिहिबार, पौष ०५, २०७५

काठमाडौँ, ५ पुस । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ ।

स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी गराउनुभयो । उहाँले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको बताउनुभयो ।
समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिनुपर्ने व्यवस्थाअनुसार स्थायी कर्मचारीको समायोजन गरिएको हो । स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सोही तहका प्रमुख प्रशासकीय अधिकृतले समायोजनको पत्र दिएका छन् । उपसचिव निरौलाले केही कर्मचारीको प्राविधिक समस्या आएकाले चाँडै समायोजन सकिने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीको विवरण मन्त्रालयमा सङ्कलन भइरहेको छ । मन्त्रालयले अब सङ्घका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन थाल्ने छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ