लेटाङ २८ मंसिर । लेटाङ ४ मा रहेको जनसेवा महिला उपभोक्ता समितिको आयोजना तथा लेटाङ नगरपालिका ४ को सहयोगमा ३ महिने ब्युटिसियन तथा सिलाईवुनाई लेभल २ तालिमको उद्घाटन भएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिम उद्घाटन गर्दै अझै व्यवसायिक वनेर उद्यमी वन्न सुझाउनुभयो । महिलाहरु स्वावलम्बन हुनका लागि सिपको विकास गर्न जरुरी रहेकाले क्षमता विकास गर्न आग्रह गर्नुभयो । वुधवार लेटाङ नगरपालिका ४ मा रहेको टेलिकम लाईनमा रहेको तालिम भवनमा सञ्चालित तालिममा लेटाङ ४ का २० जना महिलाहरुको सहभागिता रहेको छ ।
गत वर्ष लेभल १ को तालिम सकेर व्यवसायिक वन्न खोजिरहेको उद्यमशिल महिला व्यवसायिहरुलाई अझ व्यवसायिक वनाउनका लागि यो तालिम गरिएको लेटाङ नगरपालिका वडा नं. ४ का कार्यवहाक अध्यक्ष भिष्म श्रेष्ठले जानकारी दिए ।
संस्थाकी सचिव फुलन सुर्जे मगरले सञ्चालन गर्नुभएको थियो भने संस्थाकी अध्यक्ष चम्पा थापा मगरको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।