लेटाङ । लेटाङकी चेली मन्दीरा राई मिस पूर्वेली सुपर मोडेल २०१८ का टप २० मा छनौट भएकी छिन् । लेटाङ ५ खेरुवाकी मन्दिरा राई मिस पूर्वेली सूपर मोडेल २०१८ को प्रतियोगितामा छानिएकी हुन् । प्रतियोगितामा भोटीङ राउन्ड समेत सूरु भईसकेको छ । लेटाङ लाई वौद्धिक तथा शारिरक सुन्दरताले समेत चिनाउन मदत गरिरहेकी राईलाई भोट गरेर विजय गराउन आवश्यक देखिन्छ । उहाँलाई भोट गर्नका लागि मोवाईलमा गएर GMP 1 टाईप गरि 33001 मा पठाउन सक्नुहुनेछ ।
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ । ए–वान ईन्टरटेन्मेन्ट प्रालिले आज विराटनगरमा पत्रकार सम्मेनलको आयोजना गरी ७ औं संस्करणको मिस पुर्वेली सुपर मोडल भईरहेको छ । ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करण भईरहेको ए– वान ईन्टरटेडमेन्टका चियरपर्सन किरण लामाले जानकारी दिनुभयो । प्रदेश नम्बर एक भरी रहेका १८ देखि २५ वर्ष समूहका १९ जना अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाईरहेका लामाले जानकारी गराउनुभयो । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार नगद सहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ता सम्मको ईन्डोनेसियाको वालीको भ्रमण गर्न पाउने छन् । यस अघि सो प्रतियोगिताका विजयीलाई स्कुटर र नगद पुरस्कार दिइने गरिएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख र ५ लाखको ईन्सोरेन्स र वालीको भ्रमण गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।