Menus
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

Letang Khabar मंगलबार, मंसिर १८, २०७५

 

काठमाडौँ, मङ्सिर १८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ ।

यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मङ्सिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको थियो ।

मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिनुभएको छ । बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्नेमा छलफल जारी छ । संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ । संस्थापन ईतर पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ । प्रस्तावित विधानमस्यौदमा पदाधिकारी संख्या र निर्वाचन सम्बन्धी फरक मतलाई पनि उल्लेख गरी केन्द्रीय समितिमा पेश गरिएको छ ।

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ । हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

छलफलमा केन्द्रीय सदस्यहरुले सहमहामन्त्रीको सङ्ख्या बढाउनुपर्ने, काम गर्न सहज बनाउनका लागि सभापति अधिकार सम्पन्न हुनुपर्ने, क्रियाशील सदस्यको प्रावधान यथावत् राख्नुपर्नेलगायतका सुझाव दिनुभएको छ । केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने छ । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ ।

आजको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्ने गरी पार्टीको आर्थिक नीति सम्बन्धी प्रस्ताव तयार गर्न सहमहामन्त्री डा महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो ।

समितिले सबै प्रदेश र आर्थिक क्षेत्रका विज्ञसँग आवश्यक सुझाव र सल्लाह लिई पार्टीको आर्थिक नीति मस्यौदा तयार गरेको जनाएको छ । यस बाहेक काँग्रेसले राजनीतिक प्रतिवेदन तयार गर्न उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा र महामन्त्री डा शशाङ्क कोइराला नेतृत्वमा पार्टीका गतिविधिसहितको सम्पूर्ण प्रतिवेदन तय गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । विधान मस्यौदासँगै सबै प्रतिवेदनमाथि छलफल जारी रहे हालको केन्द्रीय कार्यसमिति बैठक लम्बिन सक्ने पार्टी कार्यालयले जनाएको छ । ९रासस०

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला

9842145045/9805397055

email : letangkhabar@gmail.com

email: prashantniroula745@gmail.com

http://www.letangkhabar.com

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ