प्रशान्त निरौला
लेटाङ २९ अशोज ।लेटाङ नगरपालिकाले थप ३ लाख ९० हजार रकम उपचारमा सहयोग गरेको छ । वोनक्यान्सरको उपचार गरिरहेकी लेटाङ ९ की मनिषा लिम्बु सहित ३९ जना दीर्घरोगीहरुलाई १० हजार रुपैयाको दरले उपचार सहयोग वितरण गरिएको हो ।
रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम भएकाले वेलैमा सचेत हुन नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राई वताउनु भयो । उहाँले लेटाङ नगरपालिकालाई स्वास्थ वनाउनका लागि मद्यपान तथा धुम्रपान वाट सवैजना टाढा रहनुपर्ने साथै कुलतमा फस्न नहुने वताउनुभयो । खानपान र भद्धा दैनिकीका कारण हाम्रो स्वास्थ्य अवस्था कमजोर वन्ने भएकाले यस प्रति सचेत रहन आग्रह गर्नुभयो । स्वास्थ्य विना मानिसले आफुलाई कहिलै पनि सोचेको काम गर्न नसक्ने भन्दै स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले आउदै गरेको वडादशै , शुभदीपावली, छैट, क्रिश्मस , उद्यौली उभौली ईद लगायतका पर्वको उपलक्ष्यमा सवैलाई शुभकामना समेत दिनुभयो ।
मन्तव्यकै क्रममा नगरउप्रमुखले स्वास्थ्यको ख्याल गर्न सके मात्र समाज स्वास्थ्य वन्ने वताउनुभयो ।
लेटाङ नगरपालिका २ का वडा अध्यक्ष तेजप्रसाद , लेटाङ ५ का वडा अध्यक्ष भुम सुर्यमगर लगायतको पनि उपस्थिती रहेको थियो ।
स्वास्थ्य शाखाको संयोजनमा भएको कार्यक्रम लेटाङ नगरपालिका स्वास्थ्य शाखाका सञ्जय काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।