प्रशान्त निरौला
लेटाङ १९ अशोज । तेह्र वर्षीया बालिका निर्मला पन्तको बास्तवित हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघ लेटाङले आज विरोध जुलुस निकालेको छ ।
त्रुसुली चौक हुँदै विपी चौक लगायतका स्थानका स्थानमा र्याली सहित महिलाहरुले प्रदर्शन गरेका छन् । निर्मला पन्तको बलत्कार पछि हत्या भएको र अहिले सम्म हत्यारा पत्ता लगाउन सरकारले नसकेको भन्दै गृहमन्त्रीको राजिनामा समेत मागेका छन् । नेपाल महिला संघ नगरसभापति ईन्दु चौधरीको नेतृत्वमा निकालिएको जुलुसमा सयौका संख्यामा दिदिवहिनीहरु भेला भएर विरोध गरेका थिए ।
सरकारले वलत्कार , हत्या , हिंसा तथा अपराधिक क्रियाकलापमा हिड्नेहरुलाई खुल्ला छोडेको र दिन प्रतिदिन मलिाहरु वलत्कृत हुँदा पनि सरकार मुकदर्शक मात्र भएको भन्दै विरोध जनाएको नेपाल महिला संघ नगर सभापति ईन्दु चौधरीले जनाईन् ।
सरकारले दिनप्रतिदिन मुल्य वृद्धी गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै मुल्य वृद्धि फिर्ता गर्न समेत विरोध सभामा आवज उठेको छ । विरोध र्याली विपी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।