युवराज पाण्डे
लेटाङ ४ अशोज । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले भनेका छन् “ रिपोर्टेद रेप इज टिप् अफ आइसब बर्ग , इफ दिस इस नट ह्यान्डल करेक्टली, रिसल्ट टु डेन्जर “ अर्थात् बलात्कार उजुरी गरिएका बलत्कारको घटनाहरु वास्तविक बलत्कारको घटनाको धेरै सानो अंशमात्र हुन् , सहि तरिकाले साबधान नगरीए परिस्थिति झनै भयङ्कर हुन जान्छन ।
अहिले नेपालको परिस्थिति ठिक त्यस्तै बनेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको परिवार अहिले न्याय खोज्दै सिंहदरबारको ढोका ढक्ढकाइरहेका छन ।
अब निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा स्थानीय प्रश्न मात्र नभई राष्ट्रिय र अन्तरास्ट्रिय महत्वको विषय बनि सकेको छ।
यसबीच, प्रधानमन्त्री लगायत सरकारका प्रहरी अधिकारी लगायतका उच्च पदस्त अनुसन्धान अधिकारीले घटनामा संलग्न कसैलाई नछोडिने प्रतिबद्दता जनाएका छन् । तर, सरकारी अनुसन्धानमा देखिएको लापरबाही र ’कछुवाको गति’ हेर्दा १३ बर्षीय किसोरी निर्मला पन्तको न्याय पाउने आशामा कोतपर्ब भएको अनुभूति हुन्छ । किनभने घटना स्थलमा भएको प्रमाण संकास्पद तरिकाले नस्ट गरिनु , ५० दिन भन्दा बढी समय कट्दा समेत अनुसन्धानले धार समात्नुको साटो उल्टो एकपछि अर्को ’सस्पेन्स’ बढ्दै जानुले आधुनिक सभ्य समाजमा अन्यौल एबम आक्रोस बढाएको छ ।
अहिले पुरै राजधानी र मुलुक आन्दोलनग्रस्त बनेको छ।सामाजिक संजाल र संचारमाध्ययम यसै बिषयले रंगिएका छन् ।बास्तबमा उक्त घटना नेपाली समाजको महिला हिँसाको ’कालो दिन ’समेत हो ।समाजमा बलात्कारको घटनामा संलग्नलाइ मृत्यु दण्डको सजायको माग उठिरहेको सन्दर्भमा , प्रहरी अधिकारीको समेत सम्भावित संलग्न देखिनुले नेपालको अन्तरास्ट्रिय छविमा समेत ठुलो धब्बा लागेको छ ।के उक्त प्रकरणमा पिडित पक्षले न्याय पाउलान ? त्यो त हेर्न बाकी नै छ तर हाल अनुसन्धानमा देखिएको अन्योलताले नेपाल प्रहरीको अनुसन्धानमा निकै ठुलो पापड बेल्न पर्ने देखिन्छ ।
उक्त आलेख तयार पार्नु सरकारी अधिकारीको निस्पक्ष छानबिनमा दबाब दिन पनि हो ।
हाल , उक्त प्रकरणमा प्रहरीले सुरुमा मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटिसकेका छन्। भने निर्मला अन्तिमपटक पुगेको घरबाट समातिएका बम दिदीबहिनी रोशनी र बबिता पनि छुटेका छन् ।
संकलित शंकास्पद ’भेजिनल स्वाब’ र त्यसको बैध्यता
निर्मला पन्तको शव फेला परेको चार दिनपछि काठमाडौंबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर पुगेको थियो । सीआइबीको टोली घटनास्थलमा पुग्दा निर्मलाको दाहसंस्कार भइसकेको थियो । जीसीको टोलीले करिब एक महिना लगाएर घटनाको अनुसन्धान र्गयो ।
कञ्चनपुर जानेवित्तिकै डीएसपी जीसीले निर्मला पन्तको भेजिनल स्वाबको खोजी गरे । पोस्टमार्टम गर्ने ठाउँमै डाक्टरहरुले निर्मलाको भेजिनल स्वाब उठाएको सीआइबी टोलीलाई जानकारी आयो । अस्पतालले “हामीसँग भेजिनल स्वाब छ“ भनेपछि त्यसलाई तुरुन्तै प्लेनबाट काठमाडौं पठाइयो ।
तर यहाँ रहस्यमयी प्रस्न तेर्सिएको छ ( उक्त भेजिनल स्वाब कसले सकलन गर्यो ? उक्त कुरा प्रतिबेदनमा मौन छ । किन भने डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोलीले पुग्न भन्दा अगाडि नै ’भेजिनल स्वाब’ अस्पताल पठाएको थियो ।र पछि त्यो डीएसपी अंगुर जीसीको नेतृत्वको टोलीले काठमाडौं पठाईको थियो ।
उल्लेखित घटनाक्रम हेर्दा ,नेपाल प्रहरीमा हत्या तथा बलात्कारको लागि ब्यबसायिक एबम अनुसन्धानको लागि प्रजातान्त्रिकरन गर्न आबस्यक देखिन्छ ।“ बाथ युनिभर्सिटी इन्स्टिच्युट फर पोलिसी रिसर्चले“ एउटा गाइडलाइन नै निकालेको छ । जस अनुसार बलात्कारपछि हत्या भएको आशंका गरिएको स्थितिमा मृतकको पोष्टमार्टम गर्ने बेलामै डाक्टरहरुले भेजिनल स्वाब निकाल्न पर्छ । र प्रहरीले त्यस्तो “स्वाब“ निकालिएको मुचुल्का तयार पार्छ। र सर्ज्मिनसहित शीलबन्दी गर्न पर्छ । फोरेन्सिक ल्याबमा पनि त्यसलाई प्रक्रिया नर्पुयाई खोल्न मिल्दैन । विधि नर्पुयाई शील खोलिएको भेजिनल स्वाबको परीक्षण गर्न फोरेन्सिक ल्याबले स्वीकार गर्दैन । भेजिनल स्वाबको परीक्षणको बैधता पुष्टि हुनुपर्छ । निर्मला पन्त प्रकरणमा नेपाल प्रहरीले कति प्रक्रिया पुरा गर्यो , त्यो बिसयमा केहि भन्न सकिने अवस्था छैन ।
कुनै पनि बलात्कारको घटना घटी सके पछि प्रहरीले संखाको भर र घटना स्थलमा भेटिएका प्रमाणको आधारमा अभियुक्तलाइ गिरफ्तार गर्न सक्छ ।
निर्मला प्रकरणमा , पीडित परिवार र स्थानीयले सबैभन्दा धेरै शंका बम दिदीबहिनीमाथि गरेका थिए । घटनालगत्तै घरमा प्रवेश गर्न नदिनु, निर्मलाकी आमाले छोरी खोई भन्दा पोइल गई होला भन्नु, घटनाको दोस्रो दिन अम्बाको बोट काटिनु र उनीहरुको कोठामा रङ लगाएको हल्ला आउनुले घटनामा कतै उनीहरु नै संलग्न हुन् कि भन्ने आशंकालाई बढाउने काम गरेको थियो ।
तर प्रहरीले प्रहरीले सुरुमा पीडित परिवार र स्थानीयले सबैभन्दा धेरै शंका गरेका व्यक्तिलाई पक्राउ गरेन बरु ,दिलिप सिंह विष्टलाइ पक्राउ र्गयो । प्रहरीले घटनाको मुख्य अभियुक्त विष्ट लाइ नै देखायो ।पिडित र स्थानीय यहाबाट नै प्रहरी संग आक्रोसित बने ।
प्रहरी सामू दबाब बढ्दै गयो ।
हुनत पहिलो पटक दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने्वित्तिकै स्थानीयले उनी मुख्य अभियुक्त हुन नसक्ने भन्दै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको थियो ।
पछि प्रहरीले अभियुक्त भनिएका दिलिपसिंह विष्ट को विष्टको डीएनए निर्मलाको ‘भेजिनल स्वाव’बाट निकालिएको बलात्कारीको शुक्रकीटसँग मेल नखाएपछि उनी छुटे ।
ल्याब टेस्ट बाट दिलिपसिंह विष्ट निर्दोस भए पछि सरकारले डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोलीलाइ अहिले सस्पेस गरेको छ र ब्युरोबाट गएको डिएसपीको टोली समेत अहिले छानविनको दायरामा तानिएको छ । एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति नै बनेको छ । ब्युरोका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वको नयाँ अनुसन्धान टोली कञ्चनपुर पुगेर फर्किएको छ । भने सरकारी टोली अनुसन्धानमै छ ।
र , निलम्बन सिबिआइ टोलि संगै उनीहरुले सकलन गरेको ’भेजिनल स्वाब’ लगायतको अनुसन्धानको बैध्यता माथि समेत गम्भीर प्रस्न उठेको छ ।
तर नबगठित छानबिन टोलिसंग प्रयाप्त पिकल्प पनि छैन ।
सामान्यत निलम्बित अनुसन्धानटोलीको सम्पूर्ण अनुसन्धान स्वत खारेज हुन्छन , यो नै अन्तरास्ट्रिय कानुनले व्यवस्था गरेका प्राबधान हो ।तर यहाँ परिस्थिति भयानक मात्र होइन रहस्यमयी समेत छ ।
दुखलाग्दो कुरा , नयाँ छानविन समितिले पूर्व सीआइबीकै अनुसन्धानमा नटेक्ने हो भने यो अनुसन्धान समितिलाई घटनास्थलबात प्रमाणहरु प्राप्त गर्न सम्भब नै छैन ।किनकि ति सबै प्रमाणहरु नस्ट भै सकेका छन् । उक्त अनुसन्धानलाइ बैध्यता दिनेहो भने रगत परीक्षण गर्ने ल्याब र डिएनेमा मात्रै सीमित हुनेछ । त्यो पनि सकास्पद सकलित भेजिनल स्वाब बाट । र, यससँगै निर्मला पन्तको शवबाट संकलन गरिएको भनिएको ‘भेजिना स्वाब’ को बैधतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ । परिस्थिति एकपछि अर्को गर्दै रहस्यमयी बन्दै गैरहेको छ ।
अर्को सब्दमा भन्ने हो भने निर्मला पन्त प्रकरण दरबार हत्याकाण्ड जस्तै रहस्यमयी बनेको छ ।
यसै सन्दर्भमा , राजनीतिज्ञ मोहनविक्रम सिंह लेख्छन “निर्मला बलात्कार र हत्या घटना स्वयं सरकारका लागि प्रमुख चुनौती र गम्भीर परीक्षाको विषय बनेको छ। सिंगो देश र जनताले यो जान्नका लागि सरकारतर्फ हेरिरहेका छन्— त्यसमा सरकारको आगामी कदम वा भूमिका के हुन्छ। सायद त्यो नाटकको एउटा परिदृश्यजस्तै भएको छ, जहाँ अगाडि आउने परिदृश्य जान्न दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन्। यो स्पष्ट छ कि कन्चनपुरको घटनासित सम्बन्धित व्यक्तिले त्यो घटनामाथि ढाकछोप गर्ने र दोषीलाई बचाउन योजनाबद्ध र संगठित रूपले प्रयत्न गरिरहेका छन्। त्यस प्रकारको प्रयत्न कोद्वारा भइरहेको छ ? उक्त घटनाको सन्दर्भमा सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन भने सरकार फेल भएको प्रमाणित हुनेछ।
अन्त्यमा ,
साथै , पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी को भासामा भन्ने घटनास्थलको अवस्था र घटनास्थल वरिपरिको अवस्था, घटनाको कारण लगायतका सूची बनाएर प्रहरीले विभिन्न कोणबाट एकसाथ अनुसन्धान नगर्नु ,निर्मला हराएको सूचना आए लगत्तै खोजीमा गम्भिर नहुनु, उनको शब फेला परेपछि उनको परिवारले गरेको आशंका निवारणमा प्रहरी सक्रिय हुनुको साटो आफु अनुकुलको अनुसन्धानमा सहजता ल्याउन परिवारलाई उल्टो दवाव दिनु, हतारमा शव जलाउनु प्रहरीका कमजोरी देखिन्छन । सबैभन्दा पहिले घटनास्थल सुरक्षित राख्नुपर्ने, घटनास्थलमा कसैलाई जान नदिने, कोही नजान सकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिने जस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने कार्य गर्छ ।तर त्यहाँ त्यसो भएन ।त्यसकारण , प्रहरी जस्तो संबेदनसिल अंग सबैभन्दा संयमित हुन जरुरि हुन्छ । अनुसन्धान र तथ्यबाट मात्रै अपराधी पत्ता लगाउन सकिन्छ । त्यसैले, अबको अनुसन्धान त्यसैतर्फ लक्षित होस् र निर्मलाले चाँडो न्याय पाउन् ।
(लेटाङ ८ मोरङ ) हाल बेलायत