प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

Letang Khabar मंगलबार, भाद्र १२, २०७५

 

काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।

राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्ने छन् ।

सोसाइटीले ३० समूहलाई मात्र सहभागी गराउने भएकाले इच्छुक विद्यार्थीलाई सम्पर्कका लागि अध्यक्ष सुरेश भट्टराईले आह्वान गर्नुभयो । भाग लिन इच्छुकलाई भदौ १९ र २० गते इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण कार्यक्रम चलाइने छ ।

एक समूहमा पाँच विद्यार्थी एक शिक्षक हुनुपर्नेछ । प्रत्येक समूहलाई आकासीय ग्रहसम्बन्धी फरक÷फरक तस्बिर उपलब्ध गराइने छ । छ वर्षदेखि राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानलाई निरन्तरता दिँदै आएको सोसाइटीले जनाएको छ । यस वर्षको खोज प्रदेश १ बाट शुरु गरिएको हो ।

खोजले भविष्यमा विद्यार्थीमा अझ बढी अनुसन्धानमा लाग्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ । मङ्गल र वृहस्पतिका बीचमा रहेको क्षुद्रग्रह पत्ता लगाउने समूहले आफूले चाहेअनुसार नामाकरण गर्न सक्नेछ । भाग लिन चाहने विद्यालयमा इन्टरनेट सुविधासहित एउटा कम्प्युटर अनिवार्य हुनुपर्नेछ । रासस

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ