भाद्र ३, २०७५
अभिनेत्री नीता ढुंगाना अहिले सिंगल छिन् । आमेश भण्डारीसँग ब्रेकअप भएपछि उनले प्रेमको चक्करबाट टाढै रहने कुरा बताउँदै आएकी थिइन् । नीताले मनले खाएको पुरुष फेला पार्न गार्है छ भन्दै आएकी छिन् ।
यद्यपि नीताको फेसबुक स्टाटस तथा तस्बिर हेर्ने हो भने उनी फेरि प्रेममा छिन् भन्न हिचकिचाउनु पर्दैन । हालसालै उनले एउटा प्रेमिल स्टाटस पोस्ट गरेकी छिन्, जसले यो शंकालाई बलियो बनाउने काम गरेको छ । ‘हामीले भेट्ने कथा मैले लेखेकी छु, भेटेर पूरा तिमी गर्नु । सँगै हिँड्ने गोरेटो मैले खनेको छु, हिँडेर पूरा तिमी गर्नु ।’
नीताले लेखेका यी हरफ अझ बढी रोमान्टिक छन्— ‘सँगै जीवन जिउने सपना मैले देखेकी छु, जिएर पूरा तिमी गर्नु । एक साँझ रंगीन बनाउन नशा मैले लिएकी छु, पिएर पूरा तिमी गर्नु ।’ नीताले स्टाटससहित राखेको तस्बिरमा लभको इमोजी पनि छ । आमेषसँग टाढा भएपछि एकल जीवन बिताइरहेकी नीताको साथमा नशा पिएर रंगीन साँझ बिताउने मान्छे फेला परेकै हो कि खोजी अझै जारी छ रु त्यो त नीतालाई नै थाहा होला ।