प्रशान्त निरौला
लेटाङ ७ भदौ । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक तिर्थप्रसाद कट्टेलको सरुवा भएको छ । एक नंम्बर प्रहरी कार्यलय रानी विराटनगरको सरुवा आदेश अनुसार २२ महिना सेवा दिएर सोलुखुम्बुको नोचामा कट्टेलको सरुवा भएको हो । लेटाङमा रहदा उत्कृष्ट कार्यकौशल प्रस्तुत गरि शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका सई कट्टेलको आगामी कार्यकाल पनि सफलतापूर्वक सम्पन्न होस भनि ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख योगराज खतिवडाले शुभकामना व्यक्त गरे । हाल सम्म प्रहरी सेवामा रहेर गरेको कार्यको प्रहरी प्रधान कार्यलयले चाडैनै मुल्याङकन गरोस भनि शुभकामना समेत दिए ।