प्रशान्त निरौला
लेटाङ २७ साउन । बोन क्यान्सर पिडित लेटाङ ९ निवासी मनिषा लिम्बुलाई थप सहयोग प्राप्त भएको छ । लेटाङ ८ जाँतेका टेकबहादुर सावाँले कतारमा मनिषाको उपचारका लागि सहयोग रकम जुटाएर पठाएपछि आज परिवारलाई हस्तान्तरण गरिएको हो । ३७ हजार ५ सय पैतिस रुपैया संकलन गरि सावाँले पठाएको रकम आज लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेल , वडा सदस्य मुना सार्की र नवीन लिम्बू तथा लेटाङ नगरपालिकाका प्रेस संयोजक प्रशान्त निरौला र टेकबहादुर सावाँकि पत्नी भावना लिम्बुको समुहले परिवारलाई हस्तान्तरण गरेको हो ।
मनिषालाई बोन क्यान्सर भएपछी उपचारका लागि परिवारले सहयोग मागेको थियो । सहयोगको लागि समचार बाहिरीएपछी देश बिदेश बाट उपचारका लागि रकम जम्मा भइरहेको छ । हाल मनिषा उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा छिन ।
क्यान्सर जस्तो प्राण घातक रोग संग लडाइँ गरिरहेकि मनिषाको उपचारमा धेरै रकम खर्छ हुने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग रकम जुटाउन विभिन्न संघसंस्थाहरुले मनिषा बचाउ अभियान चलाईरहेका छन ।