प्रशान्त निरौला
लेटाङ ८ जाँते मोरङमा वनिरहेका विकास निर्माण तथा धार्मिक तथा पर्यटकिय स्थलको लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ ।
आज मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे सहितको टोलीले लेटाङ ८ मा वनेको कालोपत्रे , किराँतेश्वर शिवालय मन्दीर ,किराँत मांङहिम लगायतका ठाँउको अवलोकन गरिएको हो । अनुगमनका क्रममा लेटाङ ८ मंगलवारे वजारमा भएको कालेपत्रेले जनतालाई केही राहत मिलेको र प्रदेश र संघिय सरकार संगको सहकार्यमा जाँते पथरी , जाँते लेटाङ सडकलाई समेत कालोपत्रे गर्ने मेयर राईले वताए । अवलोकनका क्रममा जाँते क्षेत्र पर्यटनको सम्भावना प्रचुरमात्रामा रहेको वताउदै त्यसका लागि नगरपालिकाले शहरी विकास मन्त्रालय संगको सहकार्यमा योजना वनाउदै गरेको जानकारी दिए । अनुगमनका क्रममा नगरप्रमुख राईले लेटाङ नगरप्रमुख राईले लेटाङ खबर संग कुरा गर्दै लेटाङ नगरपालिकालाई ५ वर्ष भित्रमा विकासित नगरपािलका वनाउने वताए । नगरपालिकालाई स्मार्ट सिटिको अवधारणामा अघि वढाउनका लागि समेत आफ्नो ध्यान गएको वताए । लेटाङ नगरपालिकामा विकासका लागि ठुलो सम्भावना रहेको वताउदै राईले वेरोजगारीको समस्या अहिले लेटाङ नगरपालिकाको चुनौतीको रुपमा रहेको वताए । उनले नगरपालिकाको भौगोलिक विकताले गर्दा जनजिवन समेत अपठ्यारोमा रहेको वताए ।
अनुगमनमाका क्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चाँपागाई , लेखा अधिकृत तयामी अरुण राई , वडा नं ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेल ,सवओभरसियर अषेश श्रेष्ठ , नेपाली कांग्रेसका जिल्ला सदस्य ईन्द्र मावोहाङ , नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधी नन्दप्रसाद खतिवडा , जाँते वजार कालोपत्रे निर्माण समितीका अध्यक्ष कुवेर पौडेल , जाँते वजार व्यवस्थापन समितीका अध्यक्ष लोकविक्रम लिम्बु लगायतको सहभागिता रहेको थियो ।