प्रदेश १मा ८४ प्रतिशत धान रोपाई

Letang Khabar मंगलबार, साउन २२, २०७५

अभयकुमार राई
मोरङका किसानले रोपेको धान खेत। प्रदेश नम्बर एकमा हालसम्म ८४ प्रतिशत धान रोपाई भएको छ।तस्बिर( अभयकुमार राईरदेश सञ्‍चार
मोरङ प्रदेश नम्बर एकमा हालसम्म ८४ प्रतिशत धान रोपाई कार्य सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ।

निर्देशनालयका अनुसार पूर्वमा कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती हंदैं आएकोमा साउन तेश्रो सातासम्म ३ लाख ९३ हजार ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई कार्य सम्पन्‍न छ।

यसक्रममा सोलुखुम्बुमा भने अन्य जिल्लाको तुलनामा सबैभन्दा बढि धान रोपाई भएको छ। सोलुखुम्बुमा हालसम्म ९९ प्रतिशतमा धान रोपाइँ भएको निर्देशनालयको भनाइ छ।

जहा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ। यद्धपि सप्तरीमा भने ६० प्रतिशत मात्र धान रोपाई भएको छ। जुन सबैभन्दा कम हो।

त्यसैगरि, झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ९५ प्रतिशत रोपाइ भएको छ।

मोरङमा भने ९२ प्रतिशत धान रोपाई भएको छ। निर्देशनालयका अनुसार यस जिल्लामा ७८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुन्छ।

यस्तै सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ९६ प्रतिशत रोपाइ भएको छ।

निर्देशनालयका वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीका अनुसार, गतवर्ष भने यस समयमा ६८ प्रतिशतमात्र धान रोपाई भएको थियो।

उनले भने, ‘यो बर्ष पर्याप्त पानी पर्नु र मल, बीउको अभाव नभएका कारण समयमै धान रोपाइँ भएको हो।’

soucre: desh sanchar

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ