लेटाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा एक्सरे सेवा सुरु

Letang Khabar सोमबार, साउन २१, २०७५

 

प्रशान्त निरौला

लेटाङ २० साउन । लेटाङ नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रले आज बाट एक्सरे सेवा सुरु गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले एक्सरे सेवाको उद्घाटन गरेका छन ।

एक्सरे उदघाटन कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख राईले प्राथमिक स्वास्थ केन्द्रको विकासमा सबैले आफ्नो क्षेत्रबाट लाग्न जरुरी रहेको औल्याए । नगरपालिका स्वास्थ्य सेवामा कतै कमजोरी हुन नदिने भन्दै आफ्नो तर्फ बाट काम गर्ने वचन दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तारका निम्ति आफुले सक्दो प्रयास गरिरहने मेयर राईले बताए । उनले हाल प्रथामिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सन्चालनमा ल्याउन सकेको र चाडै भिडियो एक्सरे सहितको सेवाका लागि अघि बढ्ने बताए । मेयर राईले पिएचसिमा काम गर्ने सबै कर्मचारीहरुलाई संस्थाको बिकास र गुणस्तरमा ध्यान दिन निर्देशन दिए । हेलचेक्र्याईका कारण कुनै पनि सेवा ग्राहिलाई मार्का पर्न नहुने बताउदै स्वास्थ जस्तो संवेदनशील ठाउँमा जनताको विस्वास बढ्न जरुरी रहेको र जनविस्वासमा कमि आउने काम नगर्न निर्देश गरे ।

कार्यक्रममा उपमेयर कृष्णकुमारी निरौलाले स्वास्थ्य क्षेत्रमा सुधारको खाचो औल्याईन । प्राथमिक स्वास्थ्य केन्द्र लेटाङको गहना भएकाले सबैले यसको हितमा लाग्न आवश्यक रहेको बताईन ।

लेटाङ ३ का वडा अध्यक्ष तथा सो संस्थाका समेत अध्यक्ष रहेका देबराज राईले स्थानिय स्तरमै एमबिबिएस डाक्टरहरुको सेवा रहेकाले जटिल किसिमका बिरामिले समेत उपचार पाउने बताए । सस्तो तथा गुणस्तरीय सेवाका लागि अस्पताल ब्यबस्थापन समिती लागिरहेको सबैलाई जानकारी गराए

संस्थामा ऐले १६ जना कर्मचारीले सेवा दिईरहेका छन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ