विश्व स्तनपान दिवस साताव्यापी रुपमा मनाइँदै

Letang Khabar शुक्रबार, साउन १८, २०७५

लेटाङ साउन १७ । विश्व स्तनपान दिवस, ‘स्तनपान जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदैछ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो ।

स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक तत्वहरू हुन्छन् । तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । आमाको दूधले बच्चाको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

संगठनले आमाको दूध बच्चालाई स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ । यस्तै, आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधी बढेर जान्छ । बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूको वृत्तिविकाससमेत असर पर्दछ । डाक्टरले बालबालिकालाई स्वस्थ राख्न ६ देखि आठ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन् ।
लेटाङ नगरपालिकाका ४ वटै स्वास्थ्य केन्द्रमा स्तनपान सम्बन्धी परामर्श , विधीका वारेमा जानकारी गराईरहेको लेटाङ नगरपालिका स्वास्थ्य हे.अ. अधिकृत हरीशंकर प्रसाद साहले जानकारी दिए । जाँते , भोगटेनी , वारंगी स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमा स्तनपान सम्वन्धी विशेष ज्ञान लिएका कर्मचारीहरुले परामर्स गरिरहेका छन् । साउन १६ गते देखी २२ गते सम्म यो दिवश मनाईने छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ