Menus
नगरका दलित बालबालिका विद्यालय जानबाट वञ्चित नहुने

Letang Khabar शुक्रबार, साउन ०४, २०७५

लेटाङ(मोरङ) ३ साउन ।लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगरमा पैसाको अभावले कुनै पनि दलित बालबालिका विद्यालय जानबाट बञ्चित नहुने बताउनु भएको छ ।
बिहीबार लेटाङमा सम्पन्न नेपाल दलित सङ्घ लेटाङ नगर समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले दलित,आदिवासी र जनजातिको शैक्षिक र वर्गीय हीतमा नगरको नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै दलित जातिका लागि निशुल्क स्वास्थ्य शिक्षा हुुनुपर्नेमा जोड दिनुभयो । अर्को एक फरक प्रसंगमा उहाँले पूर्ववर्ती देउवा सरकारले दलित र विपन्नका लागि दिएको सेवा सुविधा दुई तिहाईको वर्तमान सरकारले हटाएको बताउनु भयो । उहाँले भन्नुभयो–‘दलित सङ्घले काङ्ग्रेसको संगठन विस्तार र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको इतिहासलाई वर्तमानका पदाधिकारीहरूले पनि जीवन्त राख्न सक्नुपर्छ ।’
नेपाली काङ्ग्रेस महासमिति सदस्य ललित अधिकारीले दलित समूदायलाई राजनीतिको मूलधारमा कांङ्ग्रेसले ल्याएको दाबी गर्नुभयो । उहाँले २००९ सालमा नै काङ्ग्रेसले धनमानसिंह परियारलाई महामन्त्री बनाएको चर्चा गर्दै कम्युनिष्ट पार्टीले दलित समूदायलाई भोट बैङ्कको रुपमा मात्र प्रयोग गरेको आरोप लगाउनु भयो । अधिकारीले भन्नुभयो–छुवाछुतको विभेद अन्त्य र दलितका अधिकारका अधिकारको संवैधानिक ग्यारेन्टिका लागि काङ्ग्रेस नेतृत्वको सरकारले दलित आयोग गठन गरेको बताउनु भयो । काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजले दलित आरक्षणमा एउटै ब्यक्ति दोहोरिरहँदा अबसर सिमित ब्यक्तिका बरिपरि घुमेको बताउनु भयो । उहाँले कठिन परिस्थितिमा काम लगाउने तर अवसर आएको बेला बञ्चित गराउने पार्टीको क्रियाकलापले दलित अभियान कमजोर भएको बताउनु भयो ।
नेपाल महिला सङ्घका केन्द्रीय सदस्य एवं नेपाली काङ्ग्रेस मोरङका सदस्य सीता कार्कीले छुवाछुत अन्त्य भएपनि सामाजिक न्याय स्थापना हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो–‘दलित भन्ने शब्दलाई परिवर्तन गर्न आवश्यक भएको छ । मानिस हरेक वर्ग र जातका भएपनि कतिपय स्थानमा यो समूदाय अझै प्रताडित रहेको उहाँको भनाइृ थियो ।
लेटाङ काङ्ग्रेसका नेता ज्ञानेन्द्र ढकालले आरक्षणका नाममा एउटै ब्यक्ति दोहोरिने ब्यवस्था सधैंका लागि अन्त्य हुनु पर्ने बताउनु भयो । उहाँले वामपन्थीले दलित र जनजातिका नाममा राजनीति गरेपनि उनीहरूले भने झै. जातीय र वर्गीय अधिकार स्थापित हुन नसकेको ढकालको भनई थियो ।
कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य सुभद्रा भट्टराई,नेपाली मोरङका सङ्गठन विभाग प्रमुख मानबहादुर लिम्बू,नेपाल दलित सङ्घ मोरङका सभापति रामकुमार विक,नेपाल तरुण दल लेटाङका सदस्य राजेन्द्र विक,लेटाङ जेसीजका अध्यक्ष मनिष सुर्यमगर, लेटाङ नगर वडा नं. ४ का सभापति मीनकुमार राई, लेटाङ बहुमुखी क्याम्पसका अध्यक्ष दीपकचन्द्र राई र नेपाल महिला सङ्घ लेटाङका सभापति इन्द्ु चौधरीले बोल्नु भएको थियो ।
लेटाङ नगर काङ्ग्रेसका सभापति राजकुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा मुना सार्कीले स्वागत भाषण गर्नु भएको थियो भने बिष्णु विकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
पाँचौ अधिवेशनले बिहीबार नै नयाँ नेतृत्व समेत चयन गरेको छ । नगर समितिको सभापति, उप सभापति, सचिव , र कोषाध्यक्षमा क्रमश ःसुशीला विश्वकर्मा, कृष्ण बराइली,मुना सार्की गणेश गजमेर चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा कुसुमसिंह परियार, चेतबहादुर धमला,नेत्र बराइली, देवी लाखे,झुमादेवी विक, फूलमाया विश्वकर्मा र राधिका विक चयन हुनु भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला

9842145045/9805397055

email : letangkhabar@gmail.com

email: prashantniroula745@gmail.com

http://www.letangkhabar.com

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ