डा. गोविन्द केसी काठमाडौं आए

Letang Khabar बिहिबार, साउन ०३, २०७५

 

काठमाडौं ३, साउन। जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् ।

केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै अस्पतालबाट बाहिरिएका थिए ।

उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगिसकेको छ । डा। केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्ट्रेचरमा राखेर नेपाली सेनाको व्यारेकमा रहेको हेलिप्याडमा ल्याइएको छ ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार केसीलार्इ लिएर फर्किएको हेलिकोप्टर सुर्खेतमा इन्धन भरेर काठमाडौं आउनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार काठमाडौं ल्याएर केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ