लेटाङ १९ असार । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकमा गएराती झगडा हुँदा खुकुरी प्रहारवाट एक जना घाईते भएका छन् । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकका २७ वर्षिय श्रीवहादुर थापालाई सोही ठाँउका २४ वर्षीय दिलिप राई सहित ४ जनाको समुहले टाउकोमा खुकुरी प्रहार गरि गभ्भिर घाईते वनाएका हुन् । फोनमा कुराकानी भएको विषयलाई लिएर वादविवाद भएको र राईको समुहले खुकुरी प्रहार गरी थापालाई गभ्भिर घाईते वनाएका थिए । घाईते थापाको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय लेटाङले जानकारी दिएको छ ।