लेटाङ, असार ४ गते। लेटाङ नगरपालिकामा सोमबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
मोरङको लेटाङ नगरपालिका ५ खेरुवामा बिजुलीको पोलबाट करेन्ट लाग्दा सोही ठाउँका ५० वर्षका सुर्य मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
खेतमा झरेको बिजुलीको पोलबाट धानखेतमा जमेको पानीमा बिधुत प्रवाह हुँदा मगरलाई दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।
मगरको उपचारका क्रममा बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह ३ बजे मृत्यु भएको हो।
उता झापाको कचनकबल गाउँपालिका ४ चकचके बस्ने खजुल मियाको ७ वर्षीया छोरी छरिता मियाको पोखरीमा डुबेर ज्यान गएको छ।
झापा बाह्रदशी गाउँपालिका ३ राधानगरस्थित मावली घर नजिकै रहेको पोखरीमा डुबेर छरिताको ज्यान गएको हो।
सोमबार बिहान मावली नजिकै रहेको पोखरीमा साथीहरुसंग खेल्न निस्केकी छरितालाई स्थानीयले पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेका थिए।