देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छः उपनेता गच्छदार

Letang Khabar बुधबार, जेठ ३०, २०७५

 

इनरुवा, ३० जेठ । नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो ।

नेता गच्छदारले काँग्रेसको नेतृत्वको सरकारले गरेको निर्णय र कार्यको वर्तमान सरकार विरोध गर्नुले सुशासन र पारदर्शिताको अभाव प्रदर्शन भएको बताउनुभयो ।

सिर्जनशील युवा समूहले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले विभिन्न ज्येष्ठ नागरिकलाई सम्मानसमेत गार्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभाका सांसद सीताराम मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ