नगरप्रमुख द्धारा निर्माणाधिन सडकको अनुगन

Letang Khabar सोमबार, जेठ २१, २०७५

प्रशान्त निरौला
लेटाङ २१ जेष्ठ । लेटाङ नगरपालिका ८ मंगलवारे वजारमा भईरहेको कालोपत्रेको अवलोकन तथा निरिक्षण लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले गरेको छ । लेटाङ नगरपालिकाको ७५ लाख र वाँकी रकम स्थानिय उपभोक्ताहरुवाट लगानी गरी लेटाङ ८ मंगलवारे वजारको भुभाग कालोपत्रेको काम हुदैछ ।सोही परियोजनाको मंगलवार नगरप्रमुख राई सहितको टोलीले अनुगमन गरेको हो ।
त्यस्तै सोही दिन लेटाङ नगरपालिका ९ स्थित डिपीएम मार्गको नमुना वोर्डिङ देखि दक्षिण क्षेत्रको सडक स्तरउन्नतीका लागि समेत नगरपालिका प्रमुख शंकर राईले अनुगमन गरेका छन् । उक्त सडकका लागि लेटाङ नगरपालिकाले आवश्यक रकम छुट्याउन लागत स्टिमेट गरिरहेको नगरपालिकाका सव ईन्जीनियर अषेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै लेटाङ नगरपालिकाको सहयोगमा निर्माधिन किँरातेश्वर शिवालय मन्दीरको समेत नगरप्रमुख राईको टोलीले अवलोकन गरेका छन् । मन्दीरको स्तरोन्नती गर्नका लागि नगरप्रमुख राईले एकलाख रुपैया विनियोजन गरेका छन् ।
१ लाख २५ हजार रुपैया वडा नंम्वर ८ वाट र नगरपालिका वाट १ लाख सहयोग भई मन्दीरको स्तरोन्नती गरिएको मन्दीर व्यवस्थापन अध्यक्ष नन्दप्रसाद खतिवडाले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ