लेटाङ ३१ वैशाख । चुरे क्षेत्रभित्रै कानुनी मापदण्ड उल्लंघन गर्दै संचालन भईरहेको क्रशर उद्योगले स्रोतको व्यापक उत्खनन् गरेको पाईएको छ । न्युनतम मापदण्ड भन्दा अत्याधिक मात्रामा खोला खोलेर लेटाङ ३ स्थित ओम श्री क्रसर एण्ड सप्लायर्सले प्राकृतिक विनास गरिरहेको हो । उत्खनन् गरेको पाईएको छ । सञ्चारकर्मीहरुको स्थलगत अनुगमनका क्रममा सो उद्योगले चिसाङ खोलाभित्रै स्काभेटर राखेर जथाभावि उत्खनन गरेको भेटिएको हो । खोला वाट ढुंगागिटी मात्र होईन खोला आसपासमा भएको माटो समेत खनेर लगिएको पाईएको छ । राष्टिय वन क्षेत्रभित्र क्रसर नै राख्न नपाईने नियमको खिल्लि उडाउदै राखिएको क्रसरले चुरे क्षेत्रभन्दा १ किलोमिटर टाढा हुनुपर्ने अर्को महत्वपुर्ण मापदण्डको पनि धज्जी उडाएको छ । त्यति मात्र होईन वनक्षेत्रको विचमा उद्योग खोलेर ढुंगागिटी उत्खनन् गरिरहेको मात्र नभएर चिसाङ खोलामा च्यानल समेत नवनाई जथाभावि उत्खनन् गरेको पाईएको छ ।
चुरे क्षेत्रको माथिवाट वगेर आएको ढुंगा वालुवा थुप्रीदा खोला वस्तिमा पस्नवाट रोक्ने भन्दै स्थापना गर्न अनुमति लिएको क्रसरले उद्धेश्य अनुरुपको काम गरेको छैन । उद्योगले खोलामा २० मिटरको च्यानल वनाएर दुवैतर्फ अस्थायी वाँध निर्माण गर्नुपर्नेमा ५० मिटर भन्दा वढी चौडाई वनाएर खोलालाई जथाभावि प्रयोग गरेको पाईएको हो ।
च्यानल ३ मिटर भन्दा गहिरो वनाउन नहुने मापदण्डलाई पनि उद्योगले मानेको छैन । ३ मिटर भन्दा वढी उत्खनन गरेको पाईएको हो । यसले नदिका दुवै तर्फका भागलाई ठुलो असर परिरहेको छ । यसले नदिको कटान अधिकमात्रामा भएको र जंगल क्षेत्र र उत्पादनशिल भुमिको विनास गरेको स्थानियले वताएका छन् । मेसिन प्रयोग गरेर माटो नै निस्कने गरि ३ मिटर भन्दा गहिरो हुने गरी खोला उत्खनन् गरेको भेटिएको छ । यसरी माटो नै निस्किने गरी खोला उत्खनन् गर्न नहुने सरोकारवालाहरुको भनाई रहेको छ ।
ओम श्री क्रसर एण्ड सप्लायर्स रमेश भट्टराईको नाममा दर्ता भएको छ । अघिल्लो वर्ष क्रसर उद्योगले व्यापक रुपमा दोहन गरेको गुनासो पत्रकार रवि लामिछानेको टोलीले रिपोर्टीङ गरेपछि यो विषयले चर्चा पाएको थियो । पछि लामिछानेले पनि यो विषयलाई त्यतिकै छाडेका थिए ।
मोरङका खोलामा एकछत्र राज गरेका पौडेलले सवैलाई मिलाएर यो धन्दा चलाईरहेका छन् । पौडेलले राजनितिकर्मी , प्रहरी , डन् , जिल्ला प्रसासन कार्यलयका कर्मचारी लगायतलाई नियमित पैसा दिने गरेको वताईन्छ । ।
पहिलेको जिल्ला विकास र हाल रुपान्तरित जिल्ला समन्वय समितीवाट खोला ठेक्का लिएर राजश्व समेत पौडेलले नै उठाउने जिम्मा पाएका छन् । पौडेलको पुर्वाञ्चल भरीका क्रसर उद्योगमा संलग्नता रहेको वताईन्छ ।
मोरङको कानेपोखरीमा आठ वर्षदेखी वन्द रहेको मकवानपुर क्रसर उद्योगले थुपारेको करिव ७ करोड मुल्य वरावरको ढुंगागिटी विक्री गर्ने चलखेल गरेपछि कानेपोखरी गाँउपालिकामा तिब्र विवाद रहेको चलिरहेको छ ।
स्थानिय सडकहरु निशुल्क वनाईदिने भन्दै लोभ देखाएर स्थानियहरुलाई प्रलोभनमा पारी अनाधिकृत रुपमा चुरे क्षेत्रका खोलानालाहरुको व्यापक दोहन गरेको पाईएको छ । उनले एकपछि अर्काे गर्दै प्राकृतिक स्रोतमा गिद्धे नजर लगाएपछि त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै मोरङका प्रदेश सांसदहरुले पहल समेत थालेको वताईएको छ । सांसदहरुले संसद वैैठकमा समेत यो विषयमा प्रवेश गराएको वताईए पनि धेरै सांसदहरुकै खोला उत्खनन्मा संलग्नता रहेको आशंका समेत गरिएको छ ।
source:pahilokitab