फैलँदै व्यावसायिक तरकारीखेती

Letang Khabar बिहिबार, बैशाख २०, २०७५

ललितपुर, २० वैशाख । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ ।

व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

शहरीकरण बढिरहेका जिल्लामा तरकारीखेती बढिरहेको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । एक दशक पहिलेसम्म काभ्रे, धादिङ, चितवन जिल्लामा तरकारीखेती सीमित थियो । शहरीकरण भएका जिल्लामा बजार पाइने हुनाले तरकारीखेती फैलिरहेको छ । उहाँले भन्नुभयो, “यातायातको सुविधा भएको र बजार नजिक भएका ठाउँमा तरकारीखेती गर्दा किसानले बढी फाइदा लिन सक्छन् ।”

नेपालका झण्डै ५५ जिल्लामा तरकारीखेतीको सम्भावना रहेको उहाँको भनाइ थियो । पहिले थोरै सङ्ख्यामा तरकारीखेती गर्ने किसान थिए तर उनीहरुले पर्याप्त फाइदा लिन सकेका थिएनन् । तरकारीखेतीका युवा र शिक्षित वर्गको आकर्षण यो एक दशकमा बढेको छ । वरिष्ठ तरकारी विकास अधिकृत जोशीले भन्नुभयो, “अध्ययन गरेर यस क्षेत्रमा आएका र अहिले पनि प्रविधिको प्रयोग गर्ने र बजारको माग अनुसार फलाउने किसानले बढी फाइदा लिएका छन् ।” कृषिका विभिन्न क्षेत्रमध्ये तरकारीखेतीले छाटो समयमा फड्को मारेको उहाँले बताउनुभयो । अहिले इलाम, धनकुटा, दोलखा, मकवानपुर, सर्लाही, रुपन्देही, कैलाली, बर्दिया, दाङ लगायतका जिल्लामा व्यावसायिक तरकारीखेती फैलिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ