लेटाङमा एसईई ग्रेड वृद्धि परीक्षा आजबाट सुरु, ३९४ विद्यार्थी सहभागी

ईनेपालपत्र बुधबार, साउन २३, २०८१

लेटाङ (मोरङ), २३ साउन । लेटाङ नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि ३९४ जना विद्यार्थीले फाराम भरेका छन्। आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु हुँदैछ, जसमा १३१ जना विद्यार्थी सहभागी हुनेछन्।
गणित विषयमा ३२३ जनाले फाराम भरेका छन्, जबकि बिज्ञान विषयमा २४५ जनाले फाराम भरेका छन्। सामाजिक विषय लगायतका अन्य विषयका लागि बाँकी विद्यार्थीले परीक्षा दिनेछन्।
शान्ति भगवती माविका प्रधानाध्यापक तथा परीक्षाका सुपरटेन श्री प्रसाद ढकालका अनुसार परीक्षा शान्ति भगवती माविमा बिहान ११ बजे सुरु हुनेछ।
देशभरिका डाटा अनुसार, माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुनेछन्। परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ, जसमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् र सात हजार ९७५ जना अनुपस्थित थिए।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, गणित विषयमा एक लाख ७७ हजार ९८५ जनाको एनजी आएको छ। बिज्ञान विषयमा एक लाख २६ हजार विद्यार्थीले एनजी प्राप्त गरेका छन्। यसअघि प्रकाशित एसइईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए। नियमित परीक्षामा नन ग्रेड आउने र एसइई परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो।
परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ