यस घटनाले लेटाङ, बुधबारे, र जाँते क्षेत्रका स्थानीयवासीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।हात्तीहरूको आगमनले सम्भावित जोखिम निम्त्याउन सक्ने भएकाले सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनुपर्छ।
स्थानिय प्रशासनले जनताहरूलाई सुरक्षित स्थानमा रहन, समूहमा हिँडडुल नगर्न, र हात्तीहरूको नजिक नजान सुझाव दिएको छ।”हात्तीहरूको समूह अहिले लेटाङ तर्फ आएको छ।
सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ,” एक स्थानीय अधिकारीले भने। प्रशासनले हात्तीहरूको गतिविधिलाई निगरानी गरिरहेको र आवश्यक कदम चाल्न तयारी गरिरहेको जनाएको छ।
सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि प्रशासनको निर्देशनहरू पालना गर्न र हात्तीहरूको गतिविधिबारे जानकारी राख्न अनुरोध गरिन्छ।