कालोपत्रे हुदै गरेको सडकको लेटाङ नगरप्रमुख द्वारा अनुगमन

Letang Khabar बिहिबार, बैशाख २०, २०७५

प्रशान्त निरौला
लेटाङ, २० वैशाख । लेटाङ नगरपालिका वडा नंम्बर ८ वजारमा भईरहेको कालोपत्रेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ ।
लेटाङ नगरपालिकाको ७५ लाख सहयोग तथा स्थानियवासीको ४० प्रतिशत लगानीमा हुदै गरेको परियोजनाको आज अनुगमन गरेका हुन् । लेटाङ नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत पुण्यप्रसाद पौडेल , नगरपालिकाका ईन्जिनियर भानु राई , ओभरसियर अशेष श्रेष्ठ ,सञ्चारकर्मीहरु लगायतको टोलीले कालोपत्रेको स्थलगत अनुगमन गरेको हो ।

लेटाङ ८ जाँते वजारमा नगरपालिकाको सहयोगमा कालोपत्रेको काम भईरहेको छ । जनताको ४० प्रतिशत सहभागिता रहेको उक्त सडकको कालोपत्रे गर्ने काममा स्थानियवासीले ठुलो सहयोग गरेको सडक निर्माण समितिका अध्यक्ष कुवेर पौडेलले जानकारी दिए ।
असार मसान्त अघिनै परियोजना पुरा गरिनुपर्ने भएकोले चाडै काम सम्पन्न गर्न नगर प्रमुख राईले समितिलाई निर्दैशन दिए । गुणस्तरमा कुनै कम्प्रमाईज नगर्न समेत मेयर राईको निर्दैशन थियो । सडक जस्तो सम्वेदनशिल कुराको निर्माणमा हेलचेक्र्याई नगरी काम गर्नु पर्ने भएकाले परियोजना गुणस्तरिय वनाउनका लागि समितिलाई निर्देशन गरे ।
जनताको सहयोग विना कुनै पनि काम गर्न सफल नहुने भन्दै लेटाङ नगरप्रमुख राईले लेटाङ ८ का जनताको विकासमा सक्रियता प्रसंसायोग्य रहेको समेत समेत उल्लेख गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ