अदृश्य शक्तिले एमाले-माओवादी एकता भाँड्न खोज्यो भन्नु लज्जास्पद : गगन थापा

Letang Khabar बुधबार, बैशाख १९, २०७५

बुटवल १९, वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् ।

गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।

एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।

‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’

युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’

कांग्रेसकै नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताइरहँदा थापाले फरक मत राखे । नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टीको चरित्र छ नै नभएको उनले बताए ।

सरकारका कतिपय लक्ष्य सकारात्मक नभएपनि अधिनायकवाद उन्मुख भन्ने निष्कर्षमा पुग्नु हतार हुने उनले बताए । अहिले विश्वभर नै लोकतन्त्रलाई खतरा निर्वाचित सरकार, जसमा उग्र राष्टवादका नाममा आउने फसिस्ट चिन्तन हुन्छ, भएको उनले बताए ।

फरक मतलाई राख्ने प्रति चरम असहिष्ण हुने शैली गलत भएको उनले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ