लेटाङका विष्णु मगरले आर्कषक रुपमा बाँस वाट बनाउन सकिने विभिन्न सजावटका सामाग्रीहरु बनाउइरहेका छन् । लेटाङ ६ घर भएका विष्णुले बाँसवाट बन्ने आकर्षक सजावट सामाग्री बनाउछन् । उनले यसलाई आफ्नो पेशा बनाईरहेका छन् । उनको यो कलाले लेटाङ क्षेत्र लगायतका क्षेत्रमा राम्रो पहिचान बनाईरहेको छ ।
नेपाल होचा पुड्का संघले २०७४ सालमा दिएको बाँस वाट निर्मित सजावट सामाग्री निमार्ण तालिम लिएपछि उनिले यो ब्यवसाय सुरु गरेका हुन् ।