नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ

हाम्रो समाचारदाता सोमबार, जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ  । नेपाली कांग्रेस निटकको विद्यार्र्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै नेविसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ ।
सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राख्नुभयो ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउनुभयो । साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उहाँले बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ