जनसेवा सामुदायिक बनको सधरणसभा सम्पन्न

लेटाङ खबर समाचारदाता बिहिबार, माघ २६, २०७९

लेटाङ ,२६ माघ । लेटाङ्गउत्तरी मोरङको लेटाङ्ग चार स्थित जनसेवा सामुदायिक बनको २१ औं साधरण सभा बुधबार सम्पन्न भएको छ ।

सामुदायिक बनको सभाहलमा सम्पन्न उक्त साधरण सभाको नगर प्रमुख भुपेन्द्र लावतीले जनसेवा सामुदायिक बन द्वारा निर्माण गर्न लागिएको “श्री जनसेवा भनभोज तथा चिडियाघर” को सिलान्यास् गरेर उद्घाटन गर्नुभएको थियो । शिलान्यास् स्थल भने सभाहल भन्दा करिव तिन सय मिटर पुर्वमा रहेको बन क्षेत्रमा रहेको थियो ।

उक्त साधरण सभाले आफ्ना उपभोक्ता मध्येका तिन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यसरी सम्मान पाउनेहरुमा डिल्लीमाया लिम्बू , रामकुमारी राई र नन्द प्रसाद यँणी मगर हुनुहुन्छ । उहाँहरुलाई जनही रु. एक हजार नगद र दोषल्ला ओडाएर सम्मान गरिएको संस्थाकी सचिव सुजता राईले जनाएकी छन् । सचिव राईका अनुसार सोही अवसर पारेर गत वर्षको एसंइई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने विद्यार्थीलाई पनि सभाले सम्मान गरेको छ । यसरी सम्मान पाउनेमा ३.१० जीपीए ल्याई एस्इई उतिर्ण हुने सन्ध्या विश्वकर्मा रहेकीछन् । उनीलाई नगद दुईहजार रुपैंया र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यसैगरी सभाले आफ्नो संस्थाका उमेरहदले अवकास प्राप्त बनहेरालुहरु श्रीमाया लिम्बू , जानुका भुजेल र टंकबहादुर लिम्बूलाई समेत ५० हजार रुपैंयाको चेक , दोसल्ला , प्रमाण पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको छ ।

सभामा अध्यक्ष मिनकुमार राई , सचिव सुजता राई र लेखा संयोजक रविन लिम्बूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त सभालाई नगर प्रमुख, प्रदेश एक सामुदायिक बन महासंघ सहसचिव अग्नि पौडेल लगायत महासंघका जिल्ला तह, नगर स्तरिय साथै छिमेकी सामुदायिक बनका प्रतिनिधि र डिभिजन बन लेटाङ्गका अधिकृत समेतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सभामा शुभकामना मन्तव्य राख्नुहुने अधिकांश वक्ताले आर्थिक वर्षको शुरुआतकै समयमा सम्पन्न गर्नु पर्ने साधरण ढिला गरी सम्पन्न गर्दा संस्थालाई हुन सक्ने अप्ठ्यारो प्रति संस्था सजग हुनु पर्नेमा जोडदिनु भएको थियो ।

बनका अध्यक्ष मीन कुमार राईको अध्यक्षतामा सम्पन्न साधरण सभाका प्रमुख अतिथि नगर प्रमुख भुपेन्द्र लावती हुनुहुन्थ्यो । सभालाई संस्थाकी सचिव सुजता राईले संचालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ