लेटाङ १५ असोज । जेष्ठ नागरिकलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ । अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवशको अवशर पारेर नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको हो ।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युत दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिका वडानं ४ कि १ सय बर्षिय मंगलिमाया बिक र ८८ बर्षिय रत्नबहादुर राई साथै वडा नं ३ कि ९२ बर्षिय धनादेबी सुवेदी र ९७ बर्षिय पदम केसरा राई लाई सम्मान गरिएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रम लेटाङका ९ वटै वडाले गरेका छन । एक जेष्ठ पुरुष र एक जेष्ठ महिला गरि लेटाङका जम्मा १८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा लेटाङ नगरपालिका वडा नं ३ र ४ मा वडा अध्यक्षहरु क्रमश सन्तोस कार्की र देवराज चाम्लिङ , लेटाङ नगरपालिका महिला शाखा प्रमुख देबिका बस्नेत लगायतको उपस्थिति रहेको थियो भने अन्य वडामा वडा अध्यक्षहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।