लेटाङ १६ भदौ । लेटाङमा थप ३ दिन सिल गरिने भएको छ । कोभिड १९ को संक्रमण स्थानिय स्तरमा समेत देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न नहुन्जेल सिलको समय थप गरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
आज विपद ब्यवस्थापन समितिको सिफारिसमा कार्यपालिका बैठकवाट १९ गते राती १२ बजे सम्म सिल थप गर्ने निर्णय पारित गरिएको मेयर राईले जानकारी दिनुभयो । जुम एप मार्फत गरिएको बैठकवाट नगरपालिका थप ३ दिन सम्म सिल गर्ने निर्णय भएको हो ।
लेटाङमा हाल सम्म स्थानिय स्तरमा १० जनालाई कोभिड १९ को संक्रमण देखिएको छ । उनिहरु संक्रमण मुक्त भएर घर गईसकेका छन् भने थानिय स्तरमा देखिएका कोरोना संक्रमितहरु हाल घरमै आईसोलेसनमा उपचाररत छन् । लेटाङमा एकजना स्वास्थ्यकर्मीलाई समेत कोभिड १९ को संक्रमण देखिएको छ । सवैको अवस्था सामान्य रहेको लेटाङ नरगपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरीले जानकारी दिनुभयो ।