म्यादि प्रहरीलाई काममा लगाईयाे

Letang Khabar बुधबार, जेठ २१, २०७७

लेटाङ, २१ जेठ।  लेटाङ नगरपालिकाले १० जना म्यादि प्रहरी नियूक्त गरेर सुरक्षा ब्यवस्थालाई थप मजबुद वनाउन सुरु गरेकाे छ । आज छनाैट भएका ३ जना महिला तथा ७ जना पूरुषहरुलाई नियूक्तीपत्र दिदै नगरपालिका र नेपाल प्रहरीकाे निर्देशनमा बसेर जिम्मेवारी बहन गर्न भनिएकाे हाे ।

म्यादि प्रहरी १ महिनाकाे लागि नियूक्त गरिएकाे र काेराेनाकाे अवस्था संगै उनिहरुकाे जिम्मेवारी  समय थपघट हुन सक्ने नगरपालिका स्राेतले वताएकाे छ  ।

उनिहरुलाई आज नगरप्रमुख शंकर राई , उपप्रमुख कृष्णकुमारी निराैला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्र. दाहाल, ईलाका प्रहरी कार्यालय लेटाङका ईन्चार्ज अशाेक कु. जबेगु  लगायतले निर्देशनात्मक रुपमा म्यादि प्रहरीकाे काम कर्तव्य र जिम्मेवारीकाे बाेध गराउनुभएकाे थियाे ।

म्यादि प्रहरीलाई भाेली देखिनै तालिका बनाएर काममा खटाईने नगरपालिकाका याेजना तथा प्रसासन शाखाका प्रमुख भुपेन्द्र खनालले जानकारी दिनुभयाे ।

काेराेनाकाे जाेखिम न्युनिकरण गर्नका लागि आवश्यक सुरक्षा प्रवन्ध गर्न नेपाल प्रहरीकाे जनशक्ति लेटाङमा अपूग भएकाे भन्दै म्यादि प्रहरीकाे लागि लेटाङ नगरपालिकाले दरखास्त आह्वान गरेकाे थियाे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ