लेटाङ, १३ जेठ । लेटाङ कानेपोखरी सडक अन्तर्गत करिव २ किलोमिटर सडक रुख लडेर अवरुद्ध भएपछि आकस्कित सवारी आवतजावत समेत अवरुद्ध भएको भन्दै सडक खोल्न थालिएको छ ।
लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यलय , पूर्व क्षेत्रिय तालिम शिक्षालय ९आर्मी क्याम्प०को संयुक्त टोलीले आज वाट रुखहरु पन्छाएर सडक खुल्ला गरिरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सडकमा ढलेका रुखहरु पन्छाउनका लागि स्काभेटरको समेत प्रयोग गर्नुपर्ने अवस्था रहेकोे र भोली वेलुका सम्ममा अवरुद्ध सडक खुल्न सक्ने नगरप्रमुख राईले जानकारी दिनुभयो ।उहाँका अनुसार ६० भन्दा बढी रुखहरु सडकमा ढलेका छन् ।
गएराती आएको हावाहुरीका कारण जंगलमा धेरै रुखहरु लडेका छन भने सडक छेउका रुख समेत लडेर सडक अवरुद्ध भएको हो । लकडाउनका कारण सडकमा आवतजावत नभएपनि अत्यावश्यक सवारीसाधनहरु समेत कुदाउन नसकेपछि सडकलाई तत्काल खोल्नुपरेको मेयर राईले जानकारी दिनुभयो ।