लेटाङ २५ चैत । लेटाङका नौ वटै वडामा आज वाट राहत वितरणको कार्य सूरु भएको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिईरहेको सन्दर्भमा हाल नेपाल समेत लकडाउनमा रहेको छ । लकडाउनका कारण असाहाय , अपांगता भएका ब्यक्तिहरु तथा दैनिक ज्यालादारी काम गरेर आफ्नो पेट भर्ने परिवारहरुलाई खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भनेर लेटाङ नगरपालिकाले राहत वितरण गरिरहेको छ ।
आज वाट लेटाङ नगरपालिकाका सवै वडामा राहात वाडिएको हो । २१ सय ४१ परिवारलाई राहत वितरण गर्ने योजना अनुसार राहत वितरण भईरहेको छ । सवै वडावाट तथ्यांक आईसकेको र १ नं. वडा वाट १२० परिवार , २ नं.वडा वाट १९९ परिवार , ३ नं. वडा वाट ५०६ परिवार, ४ नं. वडा वाट २९६ परिवा , ५ नं. वडा वाट २४९ परिवार , ६ नं. वडावाट १७६ परिवार , ७ नं. वडा वाट ११२ परिवार , ८ नं. वडा वाट २८२ परिवार र ९ नं. १९१ गरि जम्मा २१४१ परिवारको तथ्याङ संकलन भएको छ ।
यस अघि २१३५ परिवारलाई राहत बाँडिने तयारी भईरहेकोमा छुटफुट थपिएपछि २१४१ परिवार भएको हो ।
उनिहरुलाई परिवार संख्याको आधारमा ४ जनासम्म परिवार संख्या भएकोलाई प्रति परिवार १२ किलो चामल ,१ किलो दाल, १ किलो नुन र आधा लिटर तेल दिन लागिएको छ । यसैगरी ७ जनासम्मको परिवार संख्या भएको परिवारलाई प्रति परिवार १५ किलो चामल , डेढ किलो दाल , १ किलो नुन र १ लिटर तेल दिईने छ । साथै सो भन्दा माथी परिवार संख्या भएको परिवारलाई भने १८ किलो चामल, २ किलो दाल, १ किलो नुन र डेढ लिटर तेल, २५० देखि ५०० ग्राम सम्म सोयाबिन दिईएको छ ।