बाणिज्य संघकाे अगुवाईमा ४ हजार ५ सय ५० केजी चामल सहयोग

Letang Khabar सोमबार, चैत्र २४, २०७६

लेटाङ, २४ चैत । मोरङको लेटाङमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत वितरणका लागि लेटाङ उद्योग बाणिज्य संघको नेतृत्वमा सहयोग प्रदान गरिएको छ ।
संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ (साने) का अनुसार ४ हजार ७ सय ५० केजी चामल र २ हजार २ सय ५० केजी नुन लेटाङ नगरपालिकालाई सहयोग गरिएको हो ।

संघले १ हजार २ सय केजी, उत्तरी मोरङ क्रसर १ हजार ५० केजी, चिसाङ क्रसरले १ हजार केजी, लेटाङ खानेपानी संस्थाले १ हजार केजी र मोरङ साकोस ५ सय केजी चामल सहयोग गरेको  हाे । त्यस्तै, ओमश्री क्रसरले २ हजार २ सय ५० केजी नुन सहयोग गरेको छ । एकमुष्ठ रुपमा उक्त सहयोग नगरपालिकाका मेयर शंकर राईलाई हस्तान्तरण गरिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ