२८ लाख ८ हजार ७ सय ११ रुपैया कोषमा जम्मा , नमुना सामुदायिक बनद्धारा ठुलो रकम सहयोग

Letang Khabar आइतबार, चैत्र २३, २०७६

लेटाङ २३ चैत । नमुना सामुदायकि बन उपभोक्ता समुह लेटाङ ३ ले लेटाङ नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषमा १ लाख १४ हजार ७ सय ११ रुपैया रकम जम्मा गरेको छ । उक्त सामुदायिक बनका अध्यक्ष गोपाल चौलागाँईले आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई चेक हस्तान्तरण गर्नुभयो ।

विश्वभरी कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा नेपाल सहित विश्वका अधिकांस देशहरु लकडाउनमा छन् भने लेटाङ नगरपालिकाले समेत लकडाउनलाई कडाईका साथ पालना गर्न गराउन लागिरहेको छ ।

लकडाउनको अवस्थामा दैनिक ज्यालादारी , अति विपन्न परिवारलाई खानाको समस्या हुन नदिनका साथै भैपरी आउने अन्य समस्या समाधानका लागि नगरपालिकाले राहत कोषको स्थापना गरेको गरेको छ ।

उक्त कोषमा रकम जम्मा हुने क्रम जारीरहेको र यस कोषमा रकम जम्मा गर्नका लागि सवै संग नगरपालिकाले आग्रह गरिरहेको छ । रकम जम्मा गर्नका लागि नगरले खोलेको राष्ट्रिय बाणिज्य बैक लेटाङको खाता नं. २४५००००६७००१ मा जम्मा गर्न सकिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

उहाँको अनुसार लेटाङ नगरपालिकाले २० लाख , नगरपालिकाका जनप्रतिनिधीहरुले ६ लाख ९४ हजार र नमुना सामुदायिक बनको तर्फवाट १ लाख १४ हजार ७ सय ११ रुपैया गरि २८ लाख ८ हजार ७ सय ११ रुपैया कोषमा जम्मा भईसकेको र अझै कोषमा जम्मा हुने क्रम रहेको वताउनुभयो । काेराेनाकाे जाेखिमलाई ध्यान दिदै  राहत कोषमा रकम जम्मा गर्न चहानेले कोषको खातामा जम्मा गर्न सक्नेछन भने जिन्सी सामान वडा कार्यालय तथा नगरपालिकामा जम्मा गर्न सकिने समेत वताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ