उपभोक्ता समितिलाई तालिम

Letang Khabar बुधबार, चैत्र ०५, २०७६

लेटाङ, ५ चैत । उपभोक्ता समितिलाई बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी तालिम प्रदान गरिएको छ । लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुलाई एकदिन तालिम दिईएको हो । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको थियो ।

तालिम सिकेर बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी पोख्त हुन सहभागीहरुलाई प्रमुख राईले आग्रह समेत गर्नुभयो । बेरुजु आउने मुख्य कारण भनेकै उपभोक्ताहरुले प्रक्रिया नबुझेर हुने भएकाले सवै कुरा मसिनो गरि वुझेर व्यवहारमा उतार्न उहाँको आग्रह थियो । कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले उपभोक्ताहरुलाई तालिमको जरुरी धेरै नै रहेकाले तालिम पश्चात उपभोक्ताहरुलाई सजिलो हुनेमा आफु विश्वस्त रहेको वताउनुभयो ।

तालिमको प्रशिक्षण लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत दाहाल र योजना तथा प्रसासन शाखाका प्रमुख भुपेन्द्र खनालले गर्नुभएको थियो । लेटाङका वडा नं. १ , ८ र ९ वाहेकका वडामा उपभोक्ताहरुलाई यो तालिम दिईसकेको र वाकी रहेका वडामा समेत अब तालिम दिईने योजना अधिकृत खनालले जानकारी दिनुभयो । तालिममा वडा नं. ७ का ५० जना उपभोक्ता समुहका पदाधिकारीको सहभागिता रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ