मोरङ कांग्रेसका सभापति लिम्बुले गरे मृगाैला राेगीकाे उद्धार

Letang Khabar मंगलबार, फाल्गुण २७, २०७६

लेटाङ, २७ फागुन । उपचारका अभावमा रोगले थलिएर घरमै बस्न बाध्य बनेकी लेटाङ ९ जाँतेकी करिव ५० बर्षिय सिता लिम्बुलाई नेपाली कांग्रेसका जिल्ला सभापती डिगवहादुर लिम्बुले उपचारका लागि विराटनगरको नोवेल अस्पताल भर्ना गराउनुभएको छ ।
पैसा नभएर मृत्युको पर्खाइमै बसिरहेकी लिम्बुलाई लिम्बुले उपचारका लागि नोवेल अस्पतालकै एम्बुलेन्समा राखेर अस्पताल पूर्याइ उपचार सुरु गरिएको सभापति लिम्बुले वताउनुभयो ।
२ महिना अघि देखि मृगौलामा समस्या आई जीवन मरणको दोसाधमा रहेकी सिताको अवस्था कमजोर छ ।
अरुको घरमा शरण लिएर बसिरहेका विरामी लिम्बुको परिवार पैसाको अभावमा घरैमा थलिएर बसिरहेकी थिईन ।
विरामीलाई नोवेल अस्पतालमा पहिलो चरणको परिक्षण सकिएको र अव मृगौलाको डायलिसिस गर्नुपर्ने डाक्टरले भनेको नेपाली कांग्रेस लेटाङ ९ का सभापति रेखवहादुर बोहोराले जानकारी दिनुभयो ।
कांग्रेस जिल्ला सभापति लिम्बुको पहलमा विरामीको निशुल्क उपचार गरिने भएको समेत सभापति बोहोराले जानकाररी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ