जनसेवाको १८ औ बार्षिक साधारण सभा

प्रशान्त निराैला बुधबार, आश्विन २९, २०७६

लेटाङ २९ अशोज । प्रदेश नं. १ मै यसवर्षको उत्कृष्ठ सामुदायिक बन हुन सफल जनसेवा सामुदायिक बन उपभोक्ता समुह लेटाङ ४ को १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सोही सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा गरिबी न्युनिकरण कार्यक्रम अन्तर्गत नगर घर निर्माण गरि हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सामुदायिक वनले वनाईदिएको घर लेटाङ ४ का कृष्णबहादुर विश्वकर्मालाई हस्तान्तरण गर्नूभयो । सो सामुदायिक वनले आफ्नो उपभोक्ताहरु मध्येवाट विपन्न परिवार मध्येवाट छनौट गरि घर वनाईदिएको थियो । सो घर निर्माणमा जम्मा ३ लाख खर्च भएको सो वनका सहसचिव भिष्म श्रेष्ठले लेटाङ खबरलाई जानकारी दिनुभयो ।
सामुदायिक वनले उत्कृष्ट काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईले सो वन उपभोक्ता समितिको प्रससा गर्नुभयो । नगरप्रमुख राईले बन समिति र उपभोक्ताहरुको मिहेनतले सामुदायिक बनले उत्कृष्ठ काम गरेको भन्दै यस खालको सामाजिक उत्तरदायित्व वहन हुने खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सामुदायिक वन र यसको पैरवी गर्ने सामुदायिक बन महासंघले उठाईरहेका विषयहरु संग आफु जानकार रहेको वताउदै मेयर राईले दोहोरो करको विषयमा समेत आफु सजग भएको वताउनुभयो ।
कार्यक्रममा उत्कृष्ठ छात्रछात्रा २ जनालाई नगद सहित सम्मान गरिएको थियो । जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सामुदायिक वन उपभोक्ता महासंघकी सचिवालय सदस्य रेनुका दहाल , जिल्ला अध्यक्ष रामकृष्ण राई , डिभिजन वन कार्यलय विराटनगरका प्रतिनीधिहरु लगायतको उपस्थिति थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ