लेटाङ ६ अशोज । मोरङ बचत ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । आईतवार लेटाङ ४ स्थित जनसेवा सामुदायिक बनको हलमा आयोजित कार्यक्रममा संस्थाको बार्षिक आयव्य तथा प्रगती प्रतिवेदनमा छलफल भएको थियो ।
लेटाङ नगरपालिकाकै सवैभन्दा धेरै शेयर सदस्य भएको वचतको रुपमा रहेको यो सहकारीमा यो आर्थिक बर्ष २०७५।०७६ मा रु ३ करोड २ लाख ६९ हजार ४ सय ४ रुपैया ६८ पैसा आम्दानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । जम्मा आम्दानीमा खर्च कटाएर ६७ लाख ४७ हजार ३ सय २५ रुपैया खुद नाफा गरेको छ ।
संस्थाको बार्षिक साधारण सभामा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता तथा संविधान सभाका सदस्य डिगबहादुर लिम्बुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका सचिव सुर्य गिनेलले सञ्चालन गर्नुभएको थियो ।