लेटाङ २६ साउन । लेटाङ नगरपालिका वडा नं. ३ मा अपांगता भएका ब्यक्तिहरुका स्वास्थ्य जाँच तथा अवस्था विश्लेषण गरेको छ ।
आज लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल, वडा नं। ३ का वडा अध्यक्ष देवराज चाम्लिङ सहित डाक्टरहरुको टोलीले वडा नं। ३ का ३५ जना अपांगता भएका व्यक्तिहरुको परिक्षण गरिएको लेटाङ नगरपालिकाकी महिला विकास निरिक्षक सारदा मंग्रातीले जानकारी दिनुभयो ।
मंगलवार अपांग सिफारिस समितिको बैठकले अपांगताको प्रकृति सिफारिस गरेपछि परिचयपत्र वितरण गरिने मंग्रातिले जानकारी दिनुभयो । भदौ महिना भित्रमा सवै वडाको जाँच गरी परिचयपत्र दिईने उहाँले जनाउनुभयो ।