लेटाङ १४ साउन । लेटाङ नगरपालिका क्षेत्रमा फुटबल खेलका लागि फिफाले मान्यता दिने खालको लागि उपर्युक्त मैदान निर्माणका लागि प्रारम्भिक अध्यय्नको कार्य सुरु भएको छ ।
भर्खरै गठन भएको चिसाङ भ्याली क्लवको अगुवाई तथा वडा नं. ५ को सहयोगमा हाल रहेको सुकेचौरी खेल मैदान पूर्व लेटाङ क्याम्पस पश्चिममा रहेको सरकारी खाली जमिनमा रहेको खेल मैदानको अध्यय्न सूरु गरिएको हो । सो ठाँउमा हाल पनि सामान्य फुटवल मैदान रहेको र सो मैदान पूर्व पश्चिमको फममा रहेकोले यसलाई परिवर्तन गरि फिफाले समेत मान्यता दिने उत्तर दक्षिणको रुपमा मैदान निर्माण गर्नका लागि प्रारम्भिक अध्यय्न सुरु भएको वडा नं. ५ का अध्यक्ष भुम सूर्यमगरले वताउनुभयो ।
वडा अध्यक्ष मगरका अनुसार सो ठाँउ लेटाङ नगरपालिकाको विचविन्दुमा रहेको र यस ठाँउ वडा नं. ४, ५ र ६ को सिमाना पर्ने भएकाले यसलाइ नगरपालिकाले नेतृत्व गरि राष्टिय अन्तराष्टिय खेल खेलाउन समेत मिल्ने खालको मैदान वनाउन सकिने भएकाले अध्यय्न सुरु गरिएको वताउनुभयो ।
आज लेटाङ नगरपालिकाका अमिन दिर्घायु लिम्बुले मैदानको प्रारम्भिक जाँच समेत गर्नुभएको छ ।
प्रारम्भिक अध्यय्नमा चिसाङ भ्यालि क्लवका अध्यक्ष उर्गेन तामाङ तथा मुख्य याजनाकार विकल तामाङ लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा पहिलो चरणको अध्यय्न सम्पन्न गरिएको छ ।