लेटाङ ५ साउन, ।इलाका प्रहरी कार्यालय, लेटाङको परिसरमा नागरिक सहायता कक्ष भवनको आइतबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी तथा लेटाङ नगरपालिकामा प्रमुख शंकर राईले भवन उदघाटन गर्नुभएको हो । भवन लेटाङ नगरपालिका र जनसेवा सामुदायिक वनको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी उपरिक्षक विश्व अधिकारीले समाजमा शान्ती सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण गर्ने कार्यमा नागरिक समाजको सहयोग महत्वपुर्ण हुने भन्दै ई।प्र।का।लेटाङको कार्यालय भवन स्तरोन्नतीको लागि लेटाङ नगरपालिका र नागरिक समाजले गरेको सहयोगको खुलेर प्रशंसा गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा उत्कृष्ट भएको बताउदै ईलाका प्रहरी कार्यालय लेटाङको काम कारवाही प्रशंसनिय रहेको र आगामी दिनहरुमा समेत नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।
ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले स्वागत मन्तव्य सहितको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु हुदै भवन निर्माण कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी निकायहरुमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा भर्खरै प्रहरी सहायक निरीक्षकबाट पहिलो नम्बरमा प्रहरी नायव निरीक्षकमा बढुवा हुन सफल दिपक कटुवाललाई दर्ज्यानी चिन्ह समेत प्रदान गरिएको हो । साथै तत्कालीन लेटाङ प्रहरी चैकीमा सेवा पुर्याउनु भएका प्रहरी भोला पौडेल, तथा इप्रका लेटाङका उत्कृष्ट सेवा पुर्याउने कार्यरत प्रहरीहरुलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा इप्रका लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने नगर उपप्रमुख कृष्णकुमारी निरौला, तथा स्थानीय अग्रज व्यक्तित्वहरुले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा भवन निर्माण समिति संयोजक दिलाराम राईले भवन निर्माण कार्यमा सहयोग गर्नुहुने तथा कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक दिपक कटुवालले गर्नुभएको हो । रु ६,६५,७५० को लागतमा नयाँ कक्ष भवन निर्माण, पुरानो भवनको माथिल्लो तला स्तरोन्नति तथा प्रहरी बिट र प्रतीक्षालयको छाना स्तरोन्नति गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।