आफ्नै लिङ्ग काटेपछि लेटाङमा सबै चकित, युवक सख्त घाईते

Letang Khabar शुक्रबार, आषाढ १३, २०७६

डम्बर सिन्चिउरी

लेटाङ्ग – आफ्नै लिङ्ग छेदन गर्दा एक २१ वर्षे युवक सख्त घाईते भएका छन् ।
उत्तरी मोरङको लेटाङ्ग तीन नवासी सुनिल राईले धारिलो हतियार (दाउ) प्रयोग गरी आज दिउँसो अन्दाजी दुई बजे आफ्नै लिङ्ग को झण्डै आधा भन्दा बडि भाग छेदन गरेको घाईते राईका साला टेक बहादुर तामाङ्गले बताएका छन्।

उनका अनुसार घाईते राई विगत लामो समय देखि स्थानिय त्रिशुलि चौक स्थित ससुराली घरमै बस्दै आएका थिए । राई केही समय अघि सम्म जण्डिस का विमारी भए पनि बडि रक्सी पिउने , घरमा श्रीमती सँग कहिले काहीँ सानो तिनो झगडा गरीरहने गर्दथे । कहिलेकाहीँ एकोहोरिने साथै अलिक असामाजिक व्यवाहार पनि गर्ने गरेको ले चिकित्सक लाई देखाउदा पनि उसको व्यवहार कुनै रोग नभएर जिद्दीपना मात्र भएको बताएको सला तामाङ्गले वताए ।

अन्दाजी तीन वर्षका एक छोराका बुवा राई झण्डै चार वर्ष अघि मात्र स्थानिय चण्डिका तामाङ्ग सँग विवाह वन्धनमा बाँधिएका हुन । केही समय अघि सम्म सानो तिनो कच्कच् बाहेक केही भएको थाहा नभए ता पनि गए राती भने रातको समयमा स्थानिय खेरुवा गाउँमा विभिन्न असामाजिक गतिविधि गर्दै हिडेको थाहा पाएर खोजि गर्दै जाँदा एउटा रुखमा चढेर कराउँदै गरेको अवस्थामा भेटेर रात को अन्दाजी दुई बजे तिर राईलाई घर ल्याएको थियो ।

विहान भरी समान्य रुपमा आफ्नै घरमा बसेका राई लाई आज दिउँसो अचानक वाथरुममा वेहोस अवस्थामा आफन्तले फेला पारेको उनकी वहिनिले वताएकी छन् । बहिनी सविनाको अनुसार वाथरुममा धाद्राक धुद्रुक को आवाज आए को थाहा पाएर आफन्तले हेर्दा रगताम्मे अवस्थामा देखे पछि सोधिखोजि गर्दा आफुले आफ्नो लिङ्ग छेदन गरेको र सो लिङ्ग कोठाको टेवलमा राखेको वताए पछि मात्र सबै चकित परेको हो ।

छेदनको को सम्बन्धमा भने केही नवताएको वताईएको छ । वाल्यकाल मै विवाह गरेको श्रीमान श्रीमती विचको द्वन्दकै कारण यस्तो भएको हुन सक्ने पारिवारक श्रोतको भनाई रहेको वताईएको छ । साथै अधिक मादक पदार्थ सेवन बाट भएको मानसिक असन्तुलन कारण पनि यस्तो अवस्था आएको हुन सक्ने अनुमान स्थानियको रहेको छ ।
अहिले घाइतेको वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको पारिवारीक श्रोतले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ