घाउ चाँडो निको नहुने कारण

Letang Khabar बुधबार, बैशाख ११, २०७६

एजेन्सी ११ बैशाख २०७६ । हामीलाई घाउ वा चोटपटक लाग्दा आफैं पनि निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निकोरठीक पार्न सक्दैन र यस्ता घाउ क्रोनिक पनि बन्न सक्छन्।

घाउ भएको निकै दिनसम्म पनि खाटा नबसे वा अलिकति पनि निको हुने लक्षण देखिएमा डाक्टरकहाँ उपचारका लागि जानु पर्छ ।

आफैं निको हुनुपर्ने घाउ निको नहुने कारणमध्ये केही यस्ता छन् ।

संक्रमण
छाला हाम्रो शरीरलाई हानिकारक ब्याक्टेरियाविरुद्ध प्रतिरक्षाको पहिलो रक्षाकवच हो । तर जब छालामा घाउ हुन्छ वा भनौं छाला च्यातिन्छ वा फाट्छ त्यही ठाउँबाट हानिकारक ब्याक्टेरिया सजिलै हाम्रो शरीरमा प्रवेश गर्छन् । यस्तो घाउमा संक्रमण भए घाउ निरन्तर रातो भइरहन्छ, सुन्निन्छ, दुख्छ र गन्हाउने पानी पनि बग्न सक्छ । संक्रमण भए घाउ चाँडै निको हुँदैन ।

पोषण
घाउ निको हुनु नहुनुमा हामीले गर्ने भोजन र खानेकुराले पनि असर गर्छ । हामीले पर्याप्त फलफूल र हरिया सागसब्जी, तरकारी खाइरहेका छौं छैनौं विचार गर्नुपर्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिन तथा खनिजले शरीर स्वस्थ्य राख्ने मात्र होइन, घाउ पनि छिट्टै निको पार्छन्, खासगरी भिटामिन ए र सीले ।
त्यसैले हामीले घाउ निको पार्न पालुंगो, सखरखण्ड, भिँडे खोर्सानी र सुन्तलाजस्ता सागसब्जी र फलफूल खानु आवश्यक छ । यसका साथै पर्याप्त मात्रामा प्रोटिन खान पनि आवश्यक छ ।

मधुमेह
मधुमेहका बिरामीको शरीरमा ब्लडसुगरको मात्रा धेरै हुने भएकाले घाउ वा चोटपटक छिट्टै निको हुँदैनन् र संक्रमणको जोखिम हुन्छ । ब्लडसुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ ।

उच्च ब्लडसुगरले दुखाइको समाचार मस्तिष्कमा ओसार्ने स्नायुलाई पनि बिगार्न सक्छ । यसो भए शरीरमा घाउ अझै बढ्न सक्छन्, किनभने यस्तो हुँदा मधुमेहका रोगीले के ले हानी गरिरहेको छ थाहा पाउँदैनन् । घाउ निको हुन ढिलो भइरहेको छ भने यो मधुमेहको लक्षण पनि हुन सक्छ, खासगरी खुट्टा र पैतालाका घाउको सन्दर्भमा ।

औषधि उपचार
घाउ ढिलो निको हुनमा हामीले सेवन गरिरहेका औषधि पनि जिम्मेवार हुन सक्छन् । केमोथेरापी र रेडिएसनका औषधिमा हुने रासायनिक पदार्थले हाम्रो शरीरको रोग प्रतिरोध क्षमतामा नकारात्मक प्रभाव पार्छन् । फलस्वरुप घाउ निको हुन कठिन हुन्छ ।

यसैगरी एन्टिबायोटिक औषधिले हाम्रो शरीरका फाइदाजनक ब्याक्टेरिया मार्छ । त्यसमाथि दुखाइ कम गर्ने औषधिले हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीको घाउ निको पार्ने प्रक्रियामा अवरोध उत्पन्न गर्छ । औषधिका कारण नै घाउ निको हुन ढिलो भएजस्तो लागेमा डाक्टरसँग सुझाव लिनु उचित हुन्छ ।

रक्तसञ्चारमा अवरोध
हाम्रो शरीरले घाउ निको पारिरहेका बेला सबैभन्दा महत्वपूर्ण भूमिका राता रक्तकणले निर्वाह गरिरहेका हुन्छन् । राता रक्तकणले नयाँ कोष घाउ भएका ठाउँमा ओसार्छन्, जसबाट हाम्रो शरीरले कोलाजिनको सहायताले नयाँ छाला निर्माण गर्छ । तर रक्त सञ्चारमा अवरोध आए वा ढिलो भए यसले घाउ निको हुन पनि ढिलो हुन्छ ।

यसरी रक्त सञ्चार ढिलो हुनुको कारण मधुमेह, रगत जम्ने, धेरै मोटोपन वा धमनीमा कोलेस्टेरोल जम्ने हुनसक्छ ।

यसैगरी लामो समय ओछ्यान परेका बिरामीको शरीरमा धेरै सुतेर छाला बिग्रन सक्छ र घाउहरू पनि हुन सक्छन् । यस्ता घाउ कहिलेकाहीं छिटो निको नहुन सक्छन् र निको पार्न डाक्टरकै सहयोग लिनुपर्ने हुनसक्छ ।

अल्कोहल
मद्यपानको बानीले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभावमध्ये एउटा घाउ छिटो निको हुन नदिने हो । सन् २०१४ मा प्रकाशित एउटा अध्ययन अनुसार अनुसन्धानकर्ताले उपचार गरिरहेका बेला अल्कोहलका कारण घाउ चोटपटक वा अन्य रोगमा पनि धेरै संक्रमण हुने पत्ता लगाएका थिए ।

अध्ययनका अनुसार खासगरी शल्यक्रिया गरिएका घाउ निको हुन मद्यपानले अवरोध गर्छ । अत्यधिक मद्यपानले सेता रक्तकण नष्ट गर्ने पनि अध्ययनकर्ताले पत्ता लगाएका थिए ।

खुट्टाको नशामा हुने घाउ
कहिलेकाहीं खुट्टामा भएको घाउ निको हुन धेरै समय लागे खुट्टाका नशामा रगत जम्न सक्छ । किनभने खुट्टाबाट पनि रगत मुटुसम्म पुग्नुपर्ने हुन्छ । तर घाउका कारण मुटुसम्म रक्तसञ्चार हुन सक्दैन र वरिपरिको छाला रगतको दबाबले कमजोर हुन्छ र घाउ हुनुका साथै निको नहुने पनि हुनसक्छ ।

घाउको हेरविचार गर्ने तरिका

धेरैजसो सामान्य घाउ वा चोटपटकमा अलिकति ध्यान दिए चाँडै निको हुन्छन् । अमेरिकन एकेडेमी अफ डम्र्याटोलजीले घाउ चाँडै निको पार्न यस्तो सुझाव दिएको छ, जुन हामी सबैका लागि उपयोगी हुन सक्छन् ।

– घाउ वरिपरिको भागलाई साबुन पानीले धुने ।
– खाटा बस्न नदिन घाउलाई हलुका आर्द्रता राख्नुपर्छ । एकेडेमीले यसका लागि पेट्रोलियम जेली उपयोग गर्न सुझाव दिएको छ ।
– दैनिक घाउ सफा गर्ने र पट्टी फेर्ने । घाउ सफा रहुन्जेलसम्म सामान्यतया कुनै पनि एन्टिब्याक्टेरियल मलमको आवश्यकता पर्दैन ।
– डाक्टरले दिएका सुझाव पालना गर्ने ।

सामान्यतया ठूला घाउ वा चोटपटक भए उपचारका लागि डाक्टरकहाँ जानैपर्छ । सबैले थाहा पाउनुपर्ने के हो भने कुनै घाउ वा चोटपटक पूर्ण रुपमा निको हुन ३ सातासम्म लाग्न सक्छ । तर त्यतिमा पनि निको नभए वा घाउको अवस्था हेरी तुरुन्तै वा त्यसपछि डाक्टरकहाँ जानु उचित हुन्छ । एक महिनासम्म पनि कुनै सामान्य घाउ निको नभए तुरुन्त डाक्टरकहाँ जानु पर्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ