गाडी किन्ने बजेटले विपन्नका घरमा जस्ता लगाइ दिने

Letang Khabar बिहिबार, चैत्र २८, २०७५

लेटाङ नगरपालिकाको चौथो नगरसभा सम्पन्न

लेटाङ(मोरङ),चैत २८ गते । उत्तरी मोरङको लेटाङ नगरपालिकाले सबारी साधन खरिदका लागि विनियोजन गरेको ५९ लाख ९८ हजार रुपियाँ रकमान्तर गरी विपन्न परिवारलाई जस्तापात वितरणमा खर्च गर्ने भएको छ ।

बिहीबार सम्पन्न चौथो नगर सभाले यस्तो निर्णय गरेको हो । यस्तै प्रोत्साहन भत्ताको ३० लाख रुपियाँ सहित विभिन्न शीर्षकको ९० लाख रुपियाँ रकमान्तर गरिएको नगर प्रमुख शंकर राईले बताउनु भयो । कतिपय शीर्षकको रकम खर्च नहुने अवस्था आएकोले रकमान्तरका लागि नगर सभा गर्नु परेको राईले बताउनु भयो । यस्तै नगरका ठूला पूर्वाधारका विकास कार्यक्रममा विभिन्न निकायले साझेदारी गर्ने भएपछि ती कार्यक्रमको स्वरुप परिवर्तन भएको छ । तेस्रो नगर सभाले गरेको निर्णय पछि प्रदेश र संघीय सरकारले विकास बजेट दिएपछि २ करोड ५० लाख रुपियाँ बराबरको सडक कालोपत्रे कार्यक्रमको स्वरुप परिवर्तन भएको हो ।

नगर सभाले ९५ लाख रुपियाँको समपुरक कोषको रकम समेत विकास बजेटमा लगाउने निर्णय गरेको छ ।
४५ करोड रुपियाँ बजेट रहेको नगरले चालु ९ महिनामा २४ लाख रुपियाँ खर्च गरिसकेको छ । यस्तै १ करोड रुपियाँ स्थानीय स्रोतबाट राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरले ९ महिनामा ९४ लाख रुपियाँ सङ्कलन गरिसकेको छ । खोला ठेक्काबाट नगरले २ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा हाल सम्म ५० प्रतिशत मात्र रकम सङ्कलन भएको नगरका लेखा अधिकृत सुशील बास्तोलाले बताउनु भयो ।
यसैबीच पहाडी नगरपालिका लेटाङका समाचारहरूलाई गोरखापत्र दैनिकले महत्वपूर्ण स्थान दिएर प्रकाशित गरेको भन्दै नगरले गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालालाई पुरस्कृत गरेको छ । १० हजार नगद सहितको लेटाङ नगर बिकास पत्रकारिता पुरस्कार नगर प्रमुख शङ्कर राईले प्रदान गर्नुभयो ।

यस्तै बर्षभरीमा कर्मचारीहरु मध्ये वाट सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारी घोषित गरि पूरस्कार तथा सम्मान गरिएको छ । नगरपालिकाका ईन्जिनियर भानु राई र नगरपालिकाका कार्यलय सहयोगी विकल वराईलीलाई क्रमशः सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारी भई सम्मान तथा पूरस्कृत गरिएको छ ।
सर्वोत्कृष्ट कर्मचारीको पूरस्कारको राशि १० हजार रहेको छ भने उत्कृष्ट कर्मचारी पुरस्कारको राशि ५ हजार रहेको छ । उहाँहरुलाई नगर प्रमुख शंकर राई तथा कार्यक्रमका अतिथिहरुले सम्मान गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ