जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

Letang Khabar मंगलबार, फाल्गुण ०७, २०७५

लेटाङ ७ फाल्गुन । मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा आज एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ ।
नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य जाँचको निम्ति आउने बिरामीहरु ल्याबको अभावमा पथरी तथा लेटाङ बजार जानू पर्ने बाध्यता रहेकोले वार्ड कार्यलय र नगरपालिकाको प्रयासमा करिब २ लाखको लागतमा विभिन्न सामग्री खरिद गरि ल्याब स्थापना गरिएको लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले जानकारी दिनु भएको छ । स्वस्थ्य चौकी प्रमुख चन्द्रिका पालुङ्वाका अनुसार बार्षिक ४ हजार बिरामी आउने र एक सय पचास भन्दा बढी गर्भवती सेवा लिन आउने यस चौकीमा ल्याब नहुँदा सामान्य रोगको जाँचमा पनि समस्या हुने गरेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ