सरकारले शान्ति सुरक्षा दिन सकेन : सभापति देउवा

Letang Khabar शनिबार, पौष २१, २०७५

लेटाङ २१ पूष । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको भन्दै नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार प्रति आक्रोस व्यक्त गर्नुभएको छ ।
बलात्कार पछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता नलाए नेपाली कांग्रेस देशभर आन्दोलनमा उत्रिने चेतावनी सभापति देउवाले दिनुभएको छ । सरकारले निर्मलाको हत्यारा सार्वजनिक गर्नको साटो बिभिन्न वहानामा आलटाल गर्दै बचाउ गरेको आरोप समेत लगाउनुभयो । प्रमाण मेटाएर नै अपरोधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँलै उहाँले निर्मलाको परिवारले न्याय नपाउनु नेपाली समाजले न्याय नपाउनु भएकोले काङ्ग्रेसले यो मुद्दालाई नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा बालबालिका र महिला मात्र नभएर सवै जनता सुरक्षित हुन्छन् भन्ने विश्वासिलो आधार नभएको बताए ।

कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उहाँले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले वाइडवडी जहाज प्रकरणमा मुछिएका ब्यक्तिलाई सरकार जोगाउन लागेको आरोप लगाउनु भयो । दुई तिहाईको सरकारले उपलब्धी मुलक काम गर्न सकेको छैन, बहुमतको दम्भमात्र देखाएको छ,उहाँले भन्नुभयो ।

सरकारले जथाभावी कर लगाएर उद्योगी ब्यावसायीलाई दुख दिइरहेको उल्लेख गर्नुभयो । उहाँले धर्म संस्कृति, सस्कार ,लिपि र भाषाको संरक्षण गर्न सकेमात्र समूदायको सांस्कृतिक विकास हुने बताउँनु भयो । संविधानले सामवेशिताको ब्यवस्था गरिसकेको उल्लेख गर्दै अबको हाम्रो दायित्व सबै वर्ग, जात जाति, लिङ्ग र वर्णलाई राज्यको मुलधारमा पुर्याउने रहेको बताउनु भयो । देउवाले सरकार इतिहासकै कमजोर भएको आरोप लगाउनुभयो ।

 

सभापति देउवाले सरकार आफँै उद्योग कलकारखाना चलाउन लगि परेको समेत बताउनुभयो । नेपाली काङ्ग्रेस खुला अर्थतन्त्रको पक्षमा भएको भन्दै कम्युनिष्ट सरकार व्यापार गर्न लागि परेको उहाको आरोप थियो । अर्थतन्त्रलाई मुठ्ठीमा लिने प्रयास भएको भन्दै खुला बजारको विश्वव्यापी सिद्धान्तलाई आत्मसात गर्न कम्युनिष्ट सरकारले कन्जुस्याइँ गरेको आरोप छ ।

सङ्घका केन्द्रीय सभापति ओम थापा घर्तिमगरको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला,डा.मीनेन्द्र रिजाल र मोरङ सभापति डिगबहादुर लिम्बू लगायतले बोल्नु भएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता शर्मा, सह महामन्त्री महत र केन्द्रीय सदस्य रिजाल, केन्द्रीय सदस्य गुरुराज घिमिरे लगायतले सहजीकरण गर्नु हुने छ । प्रशिक्षणमा प्रदेश नं. १ का १४ जिल्लाका ८० जनाको सहभागिता रहेको छ ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ