लेटाङ (मोरङ) पुस ९ गते । मोरङको लेटाङमा पुस १७ गते देखि प्रथम बुधबारे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आज आयोजक एकता स्पोर्टस क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रदेश नं १ का ८ वटा फुटबल क्लवले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । क्लवका अध्यक्ष बालकुमार श्रेष्ठका अनुसार गोल्डकपका विजेतालाई १ लाख १ हजार रुपियाँ नगद सहित गोल्ड कप र उप विजेतालाई ५१ हजार रुपियाँ नगद सहित ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा धरान फुटवल क्लव,राष्ट्रिय जागृति क्लव इटहरी,डिएफसी डागिहाट,विर्तामोड फुटबल क्लबको सहभागिता रहने छ । यस्तै दमक फुटबल क्लव,मङ्गलबारे पुटबल क्लव, बेलबारी फुटबल क्लव र आयोजक एकता स्पोर्टस क्लवले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजन टुर्वोग वियरले गर्ने भएको छ भने मुख्य सहयोग लेटाङ नगरपालिकाको रहेको छ ।
प्रतियोगितामा लागि कुल १५ लाख २ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।